स्मार्टफोनमा व्याट्री सकिएर हैरान हुनुभएको छ, यी उपायहरु अपनाउनुस् धेरै समय टिक्छ व्याट्री

बिजमाण्डू
२०७३ फागुन १३ गते १५:१९ | Feb 24, 2017
स्मार्टफोन बोक्नेहरुलाई ब्याट्री सकिने समस्याले धेरै हैरानी दिने गरेको छ। ठूलो जनसम्पर्क भएका व्यक्तिले त झन् फोन गर्न बाहेक अरु केही नचलाए पनि ब्याट्री एक दिन समेत नटिकेर वाक्क बनाइरहेको हुन्छ। 
 
ब्याट्री बचाउने केही उपाय भने छन्। यिनलाई पछ्याउँदा केहि हदसम्म ब्याट्री टिक्नेछ एवं तात्न पनि कम हुनेछ।  

Tata
GBIME
Nepal Life


 

धेरै बेरसम्म चार्जमा नराख्ने
तपाईंको मोबाइल चार्ज गर्दा ब्याट्री फूल भइसकेपछि पनि ‘करेन्ट’ जोडी राख्नुभयो भने त्यसले व्याट्रीमा असर गर्छ। जसकारण व्याट्री कमजोर भएर चाँडो सकिन्छ।
 
१०० प्रतिशत चार्ज भएपछि मात्र निकाल्ने
अनुसन्धानकर्ताहरुले ब्याट्रीमा ३० देखि ८० प्रतिशतको बीचमा चार्ज रहँदा लामो समय टिक्ने बताएका छन्। त्यसकालागि ३० प्रतिशत भन्दा तल आएपछि चार्जमा राख्ने र शतप्रतिशत भएपछि मात्र निकाल्नु राम्रो हुन्छ।
 
तातेको बेला धेरै नचलाउने
मोबाइल तात्नु पनि चाँडै ब्याट्री सकिने कारण हुन सक्छ। प्रायजसो स्मार्टफोनमा फोटो, गेम र भिडियोसँग सम्बन्धित एप चलाउँदा चाँडो तात्ने गर्दछ। यस्तो भयो भने केही समय नचलाई राख्नु उपयुक्त हुन्छ।
 
धेरै एप एकै पटक नचलाउने
तपाईंले स्मार्टफोनमा धेरै किसिमका एप राख्नु भएको हुन सक्छ। तर, सही ढंगले चलाउन नजान्दा तिनै एपको कारण मोबाइलको ब्याट्री छिटो सकिएको हुन सक्छ। त्यसैले एकै समयमा एक वा दुईटा मात्र एप चलाउनु भयो भने ब्याट्रीलाई लामो समय चलाउन सकिन्छ।