एक दिन इन्टरनेट बन्द भयो भने के होला? सन् २००८ देखि अनुत्तरित रहेको प्रश्न

बिजमाण्डू
२०७३ फागुन १३ गते १६:३९ | Feb 24, 2017
एक दिन इन्टरनेट बन्द भयो भने के होला? सन् २००८ देखि अनुत्तरित रहेको प्रश्न
इन्टरनेटबाट टाढा रहँदा जीवनमा कस्तो असर पर्ला भनेर स्ट्याण्डफोर्ड विश्वविद्यालयका प्राध्यापक जेफ हैनककले आफ्ना विद्यार्थीहरुसँग अनुभव जान्न चाहे। हैनकक अनलाइन कम्यूनिकेसनसँग सम्बन्धित मनोबैज्ञानिक र सामाजिक प्रक्रियाको अध्ययन गर्छन्। यसै क्रममा उनले बिभिन्न अनुसन्धानहरु गरिसकेका छन्।  
 
सन् २००८ भन्दा पहिले उनले गरेको अनुभव सन् २००९ मा पूरै बदलिसकेको थियो।

Tata
GBIME
Nepal Life

यस्तै सन् २००९ मा पूरै कक्षालार्इ उनले सोधे इन्टरनेट बन्द भयो भने के होला?

उनीहरुले जवाफ दिन अस्वीकार गरे र भने- “यो प्रश्न नै यति अफ्ठेरो छ कि उत्तर दिनै असम्भव छ।”
 

विद्यार्थीहरुको तर्क थियो कि उनीहरु यदि ‘अफलाइन’ भए भने उनीहरुको काममा नराम्रो असर पर्न जान्छ। ‘सोसल लाइफ’ प्रभावित हुने एवं साथीभाइ र परिवारमा चिन्ता थपिने उनीहरुको बुझाइ थियो। आफ्न्तले  ‘केही समस्या आएर उनीहरु त अफलाइन भएका होइनन्?’ भनेर चिन्ता लेलान् भन्ने पिरलो उनीहरुको थियो।
 
हैनकक भन्छन्- सन् २००९ मा यस्तो थियो। अहिले सन् २०१७ मा आइपुग्दा मैले फेरि यहि प्रश्न विद्यार्थीलार्इ सोधें भने उनीहरुले ‘युनिभर्सिटी प्रेसिडेन्ट’लार्इ नै गएर मेरो बारेमा ‘कम्प्लेन’ गर्छन् होला। 
 
इन्टरनेटबिना एक सेकेन्ड पनि चल्नै नसकिने भैसकेको अहिलेको सन्दर्भमा एक दिनको लागि इन्टरनेट बन्द गरिदियो भने के हुन्छ? इन्टरनेट केही क्षण मात्र बन्द गरिदिने हो भने पनि यसले अर्थब्यवस्था, कारोबार, यात्रा, कम्पनी मात्र होइन मानिसको मनोविज्ञानमा समेत असर गर्छ। 
 
सन् १९९५ मा एक प्रतिशतभन्दा कम मानिसमात्र अनलाइन हुने गर्थे। पश्चिमी देशमा मात्र यो बढी मात्रामा प्रयोग हुने गर्थ्यो। त्यसबेला आम मानिसलार्इ इन्टरनेट प्रति निकै कौतुहलता पनि थियो । 
 
आज २० वर्षपछि साढे तीन अर्ब भन्दा बढी मानिसहरु इन्टरनेट संजालमा जोडिएका छन्। धर्तीको आधा जनसंख्या अनलाइन छ भन्ने अध्ययनले देखाइ सकेको छ। 
 
यो संख्या दिनदिनै बढिरहेको छ। एक सेकेन्डमा थप १० जना मानिस इन्टरनेटसँग जोडिइरहेका छन्। 
 
प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा ७३ प्रतिशत मानिस कम्तीमा हर दिन इन्टरनेटको प्रयोग गर्छन्। यस्तै लण्डनमा सन् २०१६ को एक सर्वेक्षणका अनुसार  तीन महिनामा ९० प्रतिशत मानिसले इन्टरनेटको प्रयोग गर्छन्। 
 
सन् २००८ मा अमेरिकाको होमल्याण्ड सेक्युरिटी बिभागले इन्टरनेट ठप्प भएमा पर्ने असर पत्ता लगाउन कोपेनहेगन यूनिभर्सिटीलार्इ भनेको थियो। त्यसबेला उनीहरुले गरेको अनुसन्धानले इन्टरनेट नहुँदा मानिसको नियमित काममा भने खासै ठूलो असर नपर्ने देखायो। कम्पनीहरुको वित्तिय परिणाममा चाहिँ केही असर देखिएको थियो। तर, अहिले भने अवस्था फेरिएको छ। ‘एक सेकेन्ड अफलाइन हुँदा संसार ठप्प भएको अनुभव हुन्छ’ विद्यार्थीहरुलार्इ प्रश्न गर्दा अहिले यस्तै जवाफ दिन्छन्। 
 
एक दिनको इन्टरनेट बन्दले यात्रामा त खासै ठूलो असर पर्दैन।

हवाइजहाज, ट्रेन, बसले एक दिन त  इन्टरनेट बिना पनि यात्रुहरुलार्इ गन्तब्यमा लैजान्छन्।

तर दोस्रो दिनपनि इन्टरनेट भएन भने यात्रुमात्र होइन सेवा प्रदायक कम्पनीहरु समेत ठूलो समस्यामा पर्छन्।
साना कारोवारीहरुलार्इ यसले झन् असर पर्छ।

सन् १९९८ मा अमेरिकामा पाँच करोड पेजर्सको ९० प्रतिशत काम ठप्प भएको थियो। त्यसबेला यसको स्याटेलाइटले काम नगरेपछि पेजरको सर्भिसमा असर परेको थियो। 
 

इन्टरनेट नभएमा पर्ने मनोबैज्ञानिक असर बारेको अध्ययनले के देखाएको छ भने दुई तिहाइभन्दा बढी मानिसले आफूलार्इ एक्लो र अलग्गिएको महसुस गर्छन्। इन्टरनेट सेवा सुरु भएपछि मात्र उनीहरुको आत्मविश्वास फर्केको बताएका थिए। 
 
इन्टरनेटले मानिसलार्इ मानिसबाटै टाढा लैजाने आरोप समेत लाग्दै आएको छ। तर, विद्यार्थीहरुको बुझाइ फरक छ। उनीहरु इन्टरनेट भएकैले मानिसहरु अझ बढी सामाजिक हुन सकेको विश्वास गर्छन्। उनीहरु साथीभाइसँग घुलमिल गर्न र सम्बन्धहरु अझै प्रगाढ हुन सकेको बताउँछन्। इन्टरनेट नचलाउनेहरु चलाउनेको तुलनामा कम सामाजिक हुने उनीहरुको तर्क छ। 
 
इन्टरनेट ‘कनेक्सन’ नहुँदा एउटा कुरामा मात्र मानिसहरु एक अर्कासँग निकट हुन सक्छन्। कार्यालयमा एकआपसमा कुराकानी र सहकर्मीबीच बोलचाल हुन सुरु हुनेछ। इन्टरनेट बिना एक दिनपनि जिउने कल्पना गर्न नसक्ने विद्यार्थीहरुले बताएका छन् ।  
 
इन्टरनेटको बढ्दो जोखिम
साइबर हमला इन्टरनेटको प्रयोग गर्नेको लागि सबैभन्दा ठूलो खतरा हो। खराब मनोवृत्तीका ह्याकरले बिभिन्न बहानामा दूःख दिन सक्छन्। यसमा ‘इन्टरनेट एक्सेस’को लागि पर्सनल ‘इन्फरमेसन’ चोरी हुने खतरा एकदमै बढी हुन्छ। 
 
यस्तै दुर्इ महादेशको बीचमा ‘डिप-सी केवल कनेक्सन’ टुटेमा इन्टरनेट ट्राफिकमा नराम्रो असर पर्छ।

दुर्इ महादेशबीच महासागर तलबाट तार लगेर इन्टरनेट कनेक्सन गरिदैँ आएको छ ।
 

कतिपय अवस्थामा सरकारले नै देशभित्र इन्टरनेटमा बन्देज लगाउन सक्छ। जस्तै सन् २०११ मा ‘अरब स्प्रिंग’ चर्किएपछी इजिप्ट सरकारले प्रदर्शनकारीले आपसी सम्पर्क गर्न नसकुन् भनेर इन्टरनेट कनेक्सन काटिदिएको थियो। टर्की र इरानमा पनि विरोध प्रदर्शनका क्रममा इन्टरनेट कनेक्सन काटिएको थियो। चीनले पनि बेला बेलामा इन्टरनेट नियन्त्रणमा राख्ने गरेको छ। 
 
देश जति विकसित र ठूलो हुन्छ त्यहाँ इन्टरनेट निषेध गर्न सम्भव हुँदैन। अहिले त देशको इन्टरनेटको आन्तरिक मात्र होइन बाह्य संजाल पनि हुन्छ जसले गर्दा नेटवर्क कनेक्सन शतप्रतिशत बन्द हुन सम्भव नै छैन। अन्तरिक्षमा हुने गतिविधिले इन्टरनेट कनेक्सनमा सबैभन्दा खराब असर पर्छ। ‘सौर्य तुफान’ले स्याटेलाइट, पावर, ग्रिड तथा कम्प्यूटर सिस्टम सबै ठप्प हुन सक्छ।