जापान पुगेर उद्योगमन्त्रीले एनआरएनसँग गरे नेपाली उत्पादन प्रवर्द्धनको सम्झौंता

बिजमाण्डू
२०७३ फागुन १३ गते १८:२० | Feb 24, 2017
जापान पुगेर उद्योगमन्त्रीले एनआरएनसँग गरे नेपाली उत्पादन प्रवर्द्धनको सम्झौंता
काठमाडौं।जापान लगायतका मुलुकमा नेपाली उत्पादनको प्रवर्द्धनका लागि उद्योग मन्त्रालय र गैरआवासीय नेपाली संघ जापान(एनआरएन)बीच द्धिपक्षीय सम्झौंता भएको छ।

Tata
GBIME
Nepal Life

जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी र एनआरएन जापानका अध्यक्ष सुदन थापाले सम्झौंतामा हस्ताक्षर गरे।कार्यक्रममा राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा समेतको सहभागीतामा थियो।

मन्त्री जोशीले प्रवासमा रहेका नेपालीहरूले विदेशी सामाग्रीको तुलनामा नेपाली सामाग्रीलाई प्रयोगमा ल्याउन सकेमा नेपालका उद्योगको विकास तथा रोजगारीको अवसर बढ्ने बताए। नेपाली उत्पादनले विश्वबजारमा बजार लिनसक्ने बताउँदै एनआरएनले स्वदेशी उत्पादनको प्रचारमा महत्वपूर्ण भूमिका निभाउन सक्ने बताए।
 

एनआरएनका उपाध्यक्ष भवन भट्टले नेपाली उत्पादनको बजारीकरणका लागि महत्वपूर्ण भूमिका निभाउन एनआरएन तयार रहेको बताए।मन्त्री जोशीले स्वदेशमै उद्योग स्थापना गरेर रोजगारीको अवसर बढाउन तयार रहेको बताए।
 
टोकियोमा एनआरएनए जापानले आयोजना गरेको ‘नेपालको औद्योगिक विकास र उत्पादन प्रर्वद्धनमा गैरआवासीय नेपालीहरूको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री जोशीले नेपालीले लगानी गर्नसक्ने क्षेत्रमा नेपालीले र नसक्ने क्षेत्रमा विदेशी लगानी गरेर भएपनि उद्योगको विकास गर्न सरकार प्रतिवद्द रहेको बताए।
 
‘नेपालमा औद्यौंगिक विकासका लागि नयाँ रणनीतिहरू वारेमा वृहत अध्ययन सुरू भई सकेको छ, जापान लगायतका मुलुकमा रहेका गैरआवासीय नेपालीहरूसंगको विशेष साथ र सहयोगको समेत अपेक्षा गरेका छौ ।’ मन्त्री जोशीले भने। कार्यक्रममा नेपाल राष्ट्र बैकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले नेपाली उत्पादनको निकासी बढाउन आवश्यक रहेको बताए।
 
एनआरएनए उपाध्यक्ष भवन भट्टले नेपालमा पर्यटन उद्योग विकासको सम्भावना रहेको बताउँदै यसको प्रवर्द्धन र विकासका लागि सबै हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।
 
एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापाले नेपालको समृद्धिका लागि ठोस योजनामूलक कार्यक्रम आवश्यकता रहेको बताए।  जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्रले नेपालका केही कानुनी अष्पष्टताका कारण जापानी लगानी नेपालमा जान नसकेको बताए।