नेपाल र म्यान्मारबीच सीधा हवार्इ उडान सुरु, हिमालयले थाल्यो साताको दुर्इ दिन याङगुन उडान

बिजमाण्डू
२०७३ फागुन १३ गते १८:३९ | Feb 24, 2017
नेपाल र म्यान्मारबीच सीधा हवार्इ उडान सुरु, हिमालयले थाल्यो साताको दुर्इ दिन याङगुन उडान


काठमाडौं।नेपालबाट म्यान्मारमा सीधा उडान सुरु भएको छ।नेपाल र चीनको संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सले शुक्रबारदेखि याङगुनको सीधा उडान थालेको हो।

Tata
GBIME
Nepal Life

योसँगै हिमालयको चौथो उडान याङगुन भएको छ।यसअघि हिमालयले दोहा, श्रीलंका र मलेसियामा उडान सुरु गरिसकेको छ।हिमालयको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० बजेर ५५ मिनेटमा उडेर याङगुनमा स्थानीय समय अनुसार २ बजेर १५ मिनेटमा अवतरण गर्यो।

यो उडानसगै दुर्इ देशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको दाबी छ।एयरलाइन्सले साताको दुर्इ दिन सोमबार र शुक्रबार याङगुनको उडान गर्नेछ।

शक्रबारको उडानमा म्यानमारका राजदूत तल्विन आँ, संस्कृति पर्यटन तथा नागरिक उड्ययन सहसचिव सुरेश आचार्य सहभागी छन्।कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले म्यानमार उडान नेपाली पर्यटन क्षेत्रमा कोशेढुंगा बन्ने बताए।कम्पनीले काठमाडौ= याङगुन=काठमाडौंको भाडादर २९ हजार ६ सय रुपैयाँ तोकेको छ।