क्लियरिङ बैंक थप्न बाटो खुल्यो, प्रतिस्पर्धाबाट थप तीनवटा बैंक थपिने

बिजमाण्डू
२०७३ फागुन १३ गते १९:०१ | Feb 24, 2017
काठमाडौं।सिडिएस एण्ड क्लियरिङ लिमिटेडले क्लियरिङ बैंक थप्ने भएको छ।नेपाल स्टक एक्सचेन्ज लिमिटेडको निर्देशन अनुसार बैंक थप्न लागेको हो।
 

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट (तेस्रो संशोधन) विनियमावली, २०७३ प्राप्त भएपश्चात संशोधित प्रावधानहरुलाई समेत समेटेर क्लियरिङ बैंक थप गर्न लागिएको हो । 
 

नयाँ  आशय पत्रमा ईच्छुक कम्पनीहरु ‘क’ वर्गको वाणिज्य बैंक हुनुपर्ने, चुक्ता पुँजी बढी भएकालाई प्राथमिकता दिइने, भौतिक तथा प्राविधिक पक्ष सुदृढ भएको हुनुपर्ने, आस्बा प्रणालीको सदस्य भएको, डिपी लाईसेन्स प्राप्त गरेको, विस्तारित शाखा सञ्जाल भएको, सरकारी कारोबार गर्ने गरेको लगायतका मापदण्डहरु लाई आधार बनाइएको नेप्सेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
 
प्रतिस्पर्धाबाट तीन बैंक थप गरिने नेप्सेले जनायो । नेप्सेका अनुसार धितोपत्र लगानीकर्ता लगायत सरोकारवालाले धितोपत्र कारोबार, राफसाफ तथा फछ्र्यौट सहज हुनेछ।