ओप्पोले ल्यायो डुअल सेल्फी क्यामेरा भएको ‘एफथ्री प्लस’, एकैपटक पाँच देशमा ‘लन्च’ हुने

बिजमाण्डू
२०७३ चैत्र ३ गते ११:५१ | Mar 16, 2017

सेन्जेन। ओप्पो मोबाइलले एक सातापछि एफथ्री सिरिज अन्तर्गतको एफथ्रीप्लस स्मार्टफोन सार्वजनिक गर्न लागेको छ।

ओप्पोले आगामी मार्च २३ मा एफथ्री प्लस स्मार्टफोन लन्च गर्न लागेको हो ।  नयाँ डुअल सेल्फी क्यामेरा सहितको उक्त फोन एकै पटक विश्वका पाँच बजार मार्फत सार्वजनिक गर्ने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

Tata
GBIME
Nepal Life

ओप्पोकै पहिलो डुअल सेल्फी क्यामेरा एफथ्री सिरिजकै प्रमुख विशेषता हो । यसमा उपलब्ध गरिएको १६ मेगापिक्सेल क्षमताको प्रमुख क्यामेरा र ८ मेगा पिक्सेलको सव क्यामेराले उच्च गुणस्तरीय तस्विर खिच्ने कम्पनीको दावी छ ।

भारत, ईन्डोनेसिया, म्यानमार, फिलिपिन्स र भियतनाम गरी पाँच प्रमुख बजारमा ओप्पोले एफथ्री सिरिज अन्तर्गतको एफथ्री प्लस एकै पटक सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

ओप्पोका उपाध्यक्ष तथा ईन्टरनेशनल मोबाइल बिजनेशका प्रबन्ध निर्देशक स्काइ लीले ‘एफथ्री सिरिजले सेल्फी प्रविधिलाई नयाँ उचाइमा लैजाँदै नयाँ ट्रेण्ड सेट गर्ने बताए। नयाँ प्रविधिले उल्लेख्य सफलता हात पार्नेमा उनले विश्वास ब्यक्त गरे ।

आईडीसीको रिपोर्ट अनुसार २८ बजारमा उपस्थिती जनाएको ओप्पो, १३ दशमलव २ प्रतिशत बजार हिस्साका साथ दक्षिणपूर्वी एसियाकै दोस्रो ठूलो स्मार्टफोन निर्माता तथा सन् २०१६का लागि विश्व बजारकै चौथौ ठूलो स्मार्टफोन ब्राण्ड हो ।

मार्केट रिसर्च फर्म जीएफकेका अनुसार भारतीय बजारमा ओप्पोले आफ्नो अफलाइन बजार हिस्सा १ दशमलव २ प्रतिशत (डिसेम्बर २०१५)बाट बढाएर १० दशमलव ९ प्रतिशत पुर्याएको छ । कम्पनीले  ओप्पोको ‘सेल्फी एक्स्पर्ट’ सिरिज एफवान, एफवान प्लस र एफवानएस स्मार्टफोनको विक्रीबाट सफलता हात पारेको बिज्ञप्तीमा उल्लेख छ ।

सन् २००८मा मोबाइल फोन बजारमा प्रवेशसँगै एक बर्ष भित्रै ओप्पोले ओभरसिज मार्केटमा आफ्नो बजार विस्तार गरिसकेको छ। अहिले ओप्पोको फोन विश्वका २० भन्दा बढी बजारमा उपलब्ध छन् ।