‘बैंक अफ कालु’ अब बैंक अफ काठमाण्डू, २३% वोनस सेयर पारित, ६२ लाख नयाँ संस्थापक सेयर

बिजमाण्डू
२०७३ चैत्र ४ गते १०:०८ | Mar 17, 2017

काठमाडौं। लुम्बिनी बैंकलाई गाभेपछि बैंक अफ काठमाण्डू लुम्बिनी आफ्नो पुरानै नाममा फर्किएको छ। बैंकको बार्षिक साधारणसभाले नाम बैंक अफ काठमाण्डू मै फर्काएको हो।

Tata
GBIME
Nepal Life

लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्जर भएपछि कायम भएको बैंक अफ काठमाण्डू लुम्बिनीलाई बैंकिङ क्षेत्रमा बैंक अफ कालुका रुपमा भन्न थालिएको थियो।

बैंकको २औं बार्षिक साधारण सभाले २३ प्रतिशत वोनस सेयर पनि पारित गरेको छ। बैंकको संस्थापक सेयरधनीको स्वामित्व कम्तिमा ५१ प्रतिशत पुर्याउन ६२ लाख ८ हजार कित्ता संस्थापक सेयर जारि गर्ने विशेष प्रस्ताव पनि पारित भएको छ।