फेडरल रिजर्भको नीतिले किन हल्लाउँछ सन्सारको अर्थतन्त्र? यसरी बनेको छ फेडको संरचना

बिजमाण्डू
२०७३ चैत्र ४ गते १०:२३ | Mar 17, 2017
फेडरल रिजर्भको नीतिले किन हल्लाउँछ सन्सारको अर्थतन्त्र? यसरी बनेको छ फेडको संरचना


काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले लिने नीतिले सन्सारभरीका आर्थतन्त्रलाई प्रभावित गर्छ। अस्ति वुधबार मात्र ब्याज दर ०.२५ प्रतिशतले परिवर्तन गरेर एक प्रतिशत पुर्याएको छ।

Tata
GBIME
Nepal Life

अमेरिकी ब्याज दरको असरले सुनको भाउ बढ्यो भने एसिया तथा युरोपका सेयर बजारहरु उक्लिए। डलरको भाउ भने झर्यो।

अमेरिकी केन्द्रीय बैंकलाई सन्सारभरी 'फेड' भनेर चिनिन्छ । फेडको १०० बर्षको इतिहासमा पहिलो पटक महिला अध्यक्ष जेनेट यलेन नियुक्त भएकी छिन्।
 
फेडको गठन फेडरल रिजर्भ ऐन अन्तर्गत सन् १९१३ डिसेम्बर २३ दिन अमेरिकी कांग्रेसले गरेको थियो । फेडको गठन त्यो बेला गरिएको थियो जुन बेला अमेरिकी अर्थब्यवस्था एकदमै नाजुक थियो । जनताको बिश्वास वित्तीय प्रणालीसँग रत्तिभर पनि थिएन ।
 
फेडको कार्यालय वाशिङटन डिसीमा छ । अमेरिकी केन्द्रीय बैंकका रुपमा फेड स्थापना भएपनि यसले लिने नितिले सन्सारका अर्थतन्त्रहरुलाई असर पारिरहन्छ ।
 
फेडरल रिजर्भ केन्द्रीय बैंक भएपनि यसले मुद्रा निस्कासनको काम भने गर्दैन । अमेरिकी मुद्रा निस्कासनको काम युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ द ट्रेजरीले गर्छ ।
 
फेडरल रिजर्भले बनाउने नितिले अरु देशको रोजगारी, सेयर बजार, सुन तथा मुद्रा बजारलाई पनि असर गरिरहेको हुन्छ । अमेरिका सन्सारकै शक्तिशाली अर्थतन्त्र भएको मुलुक भएकाले उसको नितिलाई अरु देशहरुले पनि सुक्ष्म रुपमा लिइरहेका हुन्छन् ।
 
सन्सारका अरु मुद्राको तुलनामा अमेरिकी डलर बलियो र विश्वाशिलो मानिन्छ । यही कारण पनि फेडले ब्याज दर तलमाथि गर्दा सन्सारका अर्थतन्त्र हल्लिन्छन् । फेडले रोजगारी र मूल्यस्थिरताका लगि ब्याज दर चलाउने काम गर्छ ।
 
फेडले लिएको नीतिले नेपाललाई सोझो असर नगरे पनि भारत र चीन हुँदै त्यसको असर नेपालमा पनि देखिन्छ । तर सुन तथा डलर र अन्य विदेशी मुद्राको भाउमा परिवर्तन भने नेपालमा पनि तत्कालै देखिन्छ ।
 
फेडरल रिजर्भले मौद्रिक नितिमा तीन वटा महत्वपूर्ण लक्ष्यहरु निर्धारण गरेको छ । अधिकतम रोजगारी, स्थिर मूल्यबृद्धि दर र दीर्घकालिन ब्याज दर फेडका लक्ष्य हुन् । फेडले यसैभित्र रहेर मौद्रिक नितिको सञ्चालन तथा अमेरिकी बैंकहरुको  नियमन र निगरानी गर्छ ।
 
फेडले वित्तीय स्थायित्वका लागि अमेरिकी कोष, सरकार तथा विदेशमा रहेका आफ्ना संस्थाहरुलाई वित्तीय सेवाहरु पनि उपलब्ध गराउँछ । फेड मौद्रिक निति निर्धारण गर्न जति सजग हुन्छ त्यति नै खुला बजार समितिबाट पनि आफ्ना नितिहरु कार्यान्वयन गराउन अग्रसर देखिन्छ ।
 
फेडरल रिजर्भको ढाँचा वोर्ड अफ गभर्नर्स, फेडर ओपन मार्केट कमिटी,  अमेरिकाका १२ शहरमा रहेका फेडरल रिजर्भ बैंकहरु, एडभाइजरी काउन्सिललाई मिलाएर तयार भएको हुन्छ । फेडरल रिजर्भले वढीजसो कुरा न्युयोर्कमा रहेको फेडरल रिजर्भ बैंक अफ न्युयोर्कको सुन्छ । न्युयोर्कले नै विदेशी मुद्रा किन्ने बेच्ने एकाधिकार पाएको छ ।