वीरगन्जमा ५० करोडको नारायणी बयोधा हस्पिटल बन्दै, १०० बेडको अस्पताल ६ महिना भित्र सञ्चालनमा

बिजमाण्डू
२०७३ चैत्र ४ गते ११:३७ | Mar 17, 2017
वीरगन्ज । वीरगन्जको स्वास्थ्य क्षेत्रमा नेपालकै नाम चलेको हस्पिटल बयोधा समुहले करिब ५० करोड रुपैयाँ लगानी थपेको छ। समूहले वीरगन्जको गण्डक नजिक कामधेनु कोलोनीमा नारायणी बयोधा अस्पताल निर्माण सुरु गरेको हो। 

Tata
GBIME
Nepal Life


 

काठमाडौंको बल्खुपछि नारायणी अञ्चलका रोगी लक्षित गरी बयोधाले शाखाको रुपमा वीरगन्जमा अस्पताल निर्माण सुरु गरेको जनाएको छ। त्रिभुवन राजपथको पश्चिममा पर्ने कामधेनु कोलोनीमा निर्माणाधिन अस्पतालको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। 
 
शुरुमा १०० बेड हुने अस्पतालको ५ तले भवन निर्माण भइरहेको हो। बल्खु जस्तै यस अस्पतालमा पनि छतमा हेलीप्याड बनाइने तयारी छ। त्यस बाहेक सवारीसधान पार्किङ देखि ल्याब, वार्ड, आइसियु, भेन्टिलेटर सबै सुविधासम्पन्न र उच्च गुणस्तरको हुने जनाइएको छ।
 
अस्पतालमा बयोधा समुहको स्थानिय साझेदारको रुपमा वीरगन्जका व्यापारी अशोक वैद्य रहेका छन्। वीरगन्जका अन्य अस्पताल भन्दा प्रभावकारी स्वास्थ्य सेवा दिने अभिप्रायले ठूलो लगानी गरेको वैद्यले बताए। उनका अनुसार अस्पतालमा सुरु देखिनै ‘मल्टी स्पेसलिस्ट’ डाक्टर टोली काम गर्नेछ। बयोधा नारायणी वीरगन्जकै उत्कृष्ठ अस्पताल हुने उनले दावी गरे।