काठमाडौं। सेन्ट्रल फाइनान्स र भक्तपुर फाइनान्स गाभिएर बिहीबारदेखि एकिकृत कारोबार गर्ने भएका छन्। एकिकृत कारोबार सेन्द्रल फाइनान्सको नामबाट हुने छ।
मर्जरपछि कर्पोरेट कार्यालय ललितपुरको कुपण्डोलमा हुने छ। गाभिएपछि चुक्ता पूँजी ५२ करोड ६ लाख रुपैयाँ पुग्ने छ। बाँकी पूँजी हकप्रद र वोनस सेयरबाट पुर्याउने कम्पनीले जनाएको छ।
निक्षेप दुई अर्ब ६४ करोड रुपैयाँ र ऋण लगानी दुई अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ। शाखा चाहबिल, नारायणघाट, बुटवल र भक्तपुरमा हुने छ।