देव विकास बैंकले युनियन फाइनान्सलाई किन्ने, २५० करोड चुक्ता पूँजी पुर्याउन अरु पनि गाभ्ने

बिजमाण्डू
२०७३ चैत्र ९ गते १४:१२ | Mar 22, 2017

काठमाडौं। देव विकास बैंकले युनियन फाइनान्सलाई खरीद गर्ने भएको छ। दुबै संस्थाबीच बुधबार साँझ सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

समझदारी पत्रमा देव विकासका अध्यक्ष प्राडा सुवर्णलाल बज्राचार्य र युनियनका अध्यक्ष भक्तवहादुर मल्लले हस्ताक्षर गरेका छन्।

२०७४ असारमसान्तभित्र दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनका लागि आवश्यक पहल गर्नेसमेत समझदारी भएको छ। भर्खरै हकप्रद सेयर निस्कासन गरिसकेकाले अपुगपूँजी पुर्याउन अर्को संस्थालाई गाभ्ने रणनीति बैंकले लिएको छ।

गाभिएपछि नाम देव विकास बैंक नै हुने छ भने अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत देवबाट हुने छ।