उग्रतारा यातायातको डडेल्धुरा-काठमाडौं एसी बस सेवा सुरु, बसभित्रै चमेनागृह र ट्वाइलेट पनि

रासस
२०७३ चैत्र १० गते १६:४४ | Mar 23, 2017

डडेल्धुरा। उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा-काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ ।

Tata
GBIME
Nepal Life

नयाँ प्रविधिसहित आरामदायी यात्राकालागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो । बसभित्रै शौचालय तथा चमेनागृहको समेत व्यवस्था गरिएको छ ।

करिब आठ सय किलोमिटर दुरी रहेको डडेल्धुरा–काठमाडाँ रुटमा यस्तो सुविधासहितको बस पहिलो भएको उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष सन्तोष खड्काले बताए। बिहीबार एसि बसको शुभारम्भ गरिएको छ। बसको भाडा  दुई हजार रुपैयाँ तोकिएको छ ।

डडेल्धुराबाट काठमाडाँ तथा काठमाडौँबाट डडेल्धुराका लागि दैनिक एक÷एक वटा बस छुट्ने बताइएको छ । अहिले यस्ता किसिमका छवटा बस सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।