इभान्का विश्वकै शक्तिशाली छोरी, सूचीमा पाकिस्तानी मरियमदेखि रुसका राष्ट्रपतिकी डान्सर छोरी

बिजमाण्डू
२०७३ चैत्र ११ गते ११:०७ | Mar 24, 2017
इभान्का विश्वकै शक्तिशाली छोरी, सूचीमा पाकिस्तानी मरियमदेखि रुसका राष्ट्रपतिकी डान्सर छोरी


न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको छोरीलाई ह्वाइट हाउसमा अफिस दिइएको छ। उनी आफ्ना पिता डोनाल्डका लागि सल्लाह सुझाव दिन्छिन्।

Tata
GBIME
Nepal Life

३५ वर्षकी इभान्काले ट्रम्पका लागि आँखा र कान हुन्। ह्वाइटहाउसको वेस्ट विंगमा काम गरे पनि उनलाई कुनै पद तथा तलव भने दिइने छैन।

पुरै विश्वका हाइप्रोफाइल छोरीहरुको सूचीमा एक सफल महिला उद्यमी तथा सेलिब्रेटीका रुपमा इभान्का नयाँ नाम हुन्।

इभान्का मात्रै होइन, यो सूचीमा रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनको छोरीदेखि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफकी छोरीसम्म छन्।

४३ वर्षकी मरियम नवाज सरिफ पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफकी छोरी हुन्।

उनले पारिवारिक समाजसेवी संस्थाको रखेदेख गर्दै आएकी थिइन् तर सन् २०१३ मा उनले आफ्ना पिताकालागि सफल चुनावी अभियान सञ्चालन गरिन्। बीबीसी उर्दुका आसिफ फारुकीका अनुसार अब उनी पाकिस्तानी राजनीतिमा निक्कै शक्तिशाली महिलाका रुपमा उदाएकी छन्।

गतवर्ष उनको नाम पनामा पेपर्समा पनि आएको थियो।

रुसी राष्ट्रपति पुटिनका दुई छोरी छन्। सन् २०१५ मा उनकी कान्छी छोरी यकातेरिनाको नाम समाचारमा आएको थियो। उनी मस्कोमा कैटरिना टिखोनोवाका नाममा परिचय दिन्थिन्।

टिखोनोवा रक एण्ड रोल डान्सर पनि हुन्। उनी सन् २०१३ को विश्व च्याम्पियनसिपमा पाँचौं स्थानमा आएकी थिइन्। उनीसँग लाखौं डलरका विदेशी कन्ट्रयाक्टहरु छन्। र उनी पुटिनको भित्री सल्लाहकारमध्ये एक हुन्।


अंगोलाका वयोवृद्ध राष्ट्रपति जोस एड्डुअर्डो डोस सैंटोसकी ठूली छोरी हुन् ४३ वर्षकी इसाबेला डोस। उनी सरकारी तेल कम्पनी सोनागोलकी प्रमुख पनि हुन्। सन् २०१३ को फोब्स पत्रिकाले उनलाई अफ्रिकाको सबैभन्दा धनी महिलाका रुपमा व्याख्या गरेको थियो।

उनीसँग कुल तीन अर्व २० करोड डलर बराबरको सम्पत्ति छ। अंगोलाको वित्तीय बजार, टेलिकम र हिरा उद्योगमा उनको राम्रो साझेदारी छ।

टर्कीका राष्ट्रपति रिचप तैयब एर्दोअनकी सबैभन्दा कान्छी छोरी हुन्, ३१ वर्षकी सुमेयी एर्दोअन। उनी आफ्ना पिताको सबैभन्दा मन पर्ने छोरी समेत हुन्।

बेलायतमा पढेकी सुमेयी पिताको सल्लाहाकार पनि बनिसकेकी छन्। उनी कैयौं राजनीतिक भ्रमणमा आफ्ना पितासँग हुन्छिन्।

ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनकी ३९ वर्षकी छोरी ओजोदा रहमोन कानुनकी विद्यार्थी हुन्। उनलाई सन् २००९ मा उपविदेशमन्त्री समेत बनाइएको थियो। गतवर्ष उनका बाबुले उनलाई राष्ट्रपतिको प्रशासनको मुख्य बनाइदिएका छन्। उनी सिनेट सदस्य पनि हुन्।

क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोको छोरी मैरियल क्यास्ट्रो सांसद सदस्य हुन्। उनी लैगिंक अल्पसंख्यकको हकहितका लागि लडिरहेकी हुन्छिन्।

उनी सरकारी संस्था नेशनल सेन्टर फर सेक्स एजुकेशनकी प्रमुख पनि हुन्। यो संस्थाले एड्सको रोकथाम तथा समलैगिक अधिकारसम्वन्धि नीति बनाउँछ। तयसमा मैरियलको भूमिका महत्वपूर्ण रहन्छ।