त्रिभुवन विमानस्थलमा नर्भिकको निशुल्क क्लिनिक, क्लिनिकमा यस्ता छन् सुविधा

बिजमाण्डू
२०७३ चैत्र ११ गते १४:४० | Mar 24, 2017
त्रिभुवन विमानस्थलमा नर्भिकको निशुल्क क्लिनिक, क्लिनिकमा यस्ता छन् सुविधा
काठमाडौं।नर्भिक इन्टरनेशनल हस्पिटलले त्रिभुवन विमानस्थलको टर्मिनल भवनमा निशुल्क आकस्मिक स्वास्थ्योपचार क्लिनिक स्थापना गरेको छ।

Tata
GBIME
Nepal Life

यो क्लिनिकको शुक्रबार शुभारम्भ गरियो।नर्भिककी प्रवन्ध निर्देशक मेघा चौधरी शाक्य र त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवानन्दप्रसाद उपाध्यायले क्लिनिकको संयुक्त रुपमा उद्घाटन गरे।नर्भिकले सन् २०११मा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा निशुल्क आकस्मिक कक्ष संचालनमा ल्याइसकेको छ।
 

क्लिनिकमार्फत् नर्भिकले आन्तरीक हवाई यात्रीहरूमा आइपर्न सक्ने कुनै पनि आकस्मिक चिकित्सा आवश्यकतालाई परिपूर्ति गर्ने लक्ष्य लिएको विज्ञप्तिमार्फत जनाइएको छ।
 
निःशुल्क आकस्मिक चिकित्सा कक्षबाट यात्रुहरूले बिहानदेखि साँझसम्म ड्युटीमा चिकित्सक, नर्सिङ्ग स्टाफ र प्यारामेडिकको सेवा हुने नर्भिकले जनाएको छ।

क्लिनिकले निबुलाइजेसन, इसीजी. सेवा, रक्तचाप मापन यन्त्र, जीवनदायी सङ्केतहरूको मापन र परीक्षण, चिकित्सकीय जाँच र परामर्श, रक्त सुगरको परीक्षण, प्राणवायुको मात्रा/संतृप्ति ट्रली शैय्या र आवश्यक पर्दा वा आकस्मिक अवस्थामा भेन्टिलेटरको सेवा पनि हुने नर्भिकले जनायो।
 

नर्भिकका अनुसार क्लिनिक नजिकै सुसज्जित मोवाइल सिसियु(अति विशिष्ट एम्बुलेन्स) को सेवा उपलब्ध हुनेछ । एम्बुलेन्समा जीवनरक्षाका सबै अत्यावश्यकीय उपकरणहरू पोर्टेबल भेन्टिलेटर, डेफिव्रिलेटर, सक्सन मेसिन, मनिटर, अक्सिजन, इ.सी.जी. मेसिन, जीवनदायी सबै औषधिहरू र चिकित्सकको सेवा उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ।अत्याधुनिक सुविधासम्पन्न एम्बुलेन्स विहानदेखि साँझसम्म उपलब्ध हुने जनाइएको छ।