सामान्य कुरियर ब्वाइ, कसरी बने चीनकै तेस्रो धनी ब्यक्ति, बनाउँदैछन् आफ्नै एयरपोर्ट

बिजमाण्डू
२०७३ चैत्र १३ गते १४:५० | Mar 26, 2017

चीन। ब्यापारमा सफल हने धेरै ब्यक्तिहरुलार्इ प्रशस्त पुर्खौली सम्पत्ति प्राप्त भएको हुन्छ जसबाट अघि बढ्न सफल हुन्छन् । उनीहरुले कमाउनकै लागि ठूलो संघर्ष गर्नै पर्दैन। तर केही ब्यक्ति यस्ता पनि हुन्छन् जोसँग पूँजी हुँदैन तर पनि लगन र परिश्रमले आफ्नो ब्यवसायमा सफलता हासिल गर्छन् ।

चीनका वांग वेई यस्तै व्यक्ति हुन् जो पहिले कुरियर कम्पनीमा डेलिभरीको काम गर्दथे ।

Tata
GBIME
Nepal Life

तर अहिले वांग चीन कै तेस्रो धनी भैसकेका छन्। फोर्ब्सका अनुसार वेईको कुल सम्पति २३ अर्ब १० करोड डलर रहेको छ ।

वांग वेई एसएफ एक्सप्रेस कुरियर कंपनीका मालिक हुन् । सन् १९९३ मा उनले एसएफ एक्सप्रेसको स्थापना गरेका थिए।

वेईका बाबु चिनियाँ एयरफोर्समा इन्टरप्रेटर थिए र उनले व्यापार सुरु गर्न वेईलार्इ २० हजार डलर दिएका थिए । वेईले आफ्नो व्यवसाय हङकङ र सेनझेनमा सुरु गरे ।

हङकङ इकोनमिक टाइम्सका अनुसार २००३ मा कमर्सियल एअरलाइन्स इन्डस्ट्री क्रयास भएको थियो ।

त्यतिनै बेला वेईले चार्टर फ्लाईटबाट कुरियर डेलिभरीको लाइसेन्स लिए । त्यसपछि उनको डेलिभरीको ब्यापार चल्न थाल्यो र आज एसएफ एक्सप्रेस चाइनाको सबैभन्दा बिश्वासिलो कम्पनी भएको छ ।

गएको महिना प्याकेज डेलिभरी कम्पनी एसएफ एक्सप्रेसलार्इ अपरेट गर्ने एसएफ होल्डिंगको शेयर सेनझेन स्टक एक्सचेन्जमा सुचिकृत भयो। शेयर सूचिकरणपछि स्टकमा वेई चाइनाको तेस्रो धनी ब्यक्तिका रुपमा उदाए। कम्पनीमा वेईको ६८ प्रतिशत शेयर छ ।

एसएफ होल्डिंगको मार्केट क्यापिटल २९ अर्ब डलर रहेको छ। एसएफ एक्सप्रेसको नेटवर्क  २०० भन्दा बढी देशमा रहेको छ । कम्पनीमा एक लाख १७ हजार कर्मचारी छन्, जसले ८० हजार  कुरियर डेलिभर गर्छन्। कम्पनीसँग १५ सय कार्गो, भेहिकल र ३१ एअरक्राफ्ट छन् । कम्पनीले चाइनाको इझोयुमा आफ्नै एयरपोर्ट पनि बनाइरहेको छ।