उद्योगपति लक्ष्मणबाबुको स्मरणमा डाइलाइसिस मेशिन हस्तान्तरण, डाइलाइसिस सहज हुने

रासस
२०७३ चैत्र १४ गते १०:१२ | Mar 27, 2017
उद्योगपति लक्ष्मणबाबुको स्मरणमा डाइलाइसिस मेशिन हस्तान्तरण, डाइलाइसिस सहज हुने
काठमाडौँ। दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा २६ लाख पर्ने पर्ने दुईवटा डाइलाइसिस मेसिन राजधानीको एक अस्पताललाई प्रदान गरेका छन्।

Tata
GBIME
Nepal Life

सितापाइलास्थित शुभेक्षा अस्पताललाई राजुबाबु, रोशन र राजेशबाबु श्रेष्ठले ती मेसिन प्रदान गरे।निःशुल्क उपचार सेवा उपलब्ध गराउन सहयोग स्वरुप आएको ती मेसिनबाट सेवा प्रवाहमा सहजता हुने उक्त अस्पतालले जनाएको छ ।

पहिलो केबलकार स्थापना गर्ने लक्ष्मणबाबु राष्ट्रवादी उद्योगीका रुपमा चिनिन्थे।चितवन कोर्इ कम्पनीमार्फत विकास निर्माणमा हात हालेका उनले केबलकार,जलविद्युत र दुग्ध उद्योगमा हात हाले।यी सबै उद्योग मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहको छ।आइतबार सुरु भएको निःशुल्क डाइलाइसिस सेवाको गायिका आनी छोइङले शुभारम्भ गरिन्।