काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आज भएको साधारणसभाले २५ प्रतिशत बोनस शेयर पारित गरेको छ ।
कम्पनीको बिरगंजमा सम्पन्न १७ औं साधारणसभाले उक्त बोनस पारित गरेको हो ।
साधारणसभामा बोनसकालागि कर प्रयोजन बापत दिएको १.३१ प्रतिशत नगद लाभांश पनि पारित भएको छ ।
कम्पनीले केही समय अगाडी जारी गरेको एफपिओ शेयररधनीलाई समेत बोनस शेयर दिएको जनाएको छ ।
कम्पनीको हाल दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
साधारणसभा पछि कम्पनीले जारी गरेको एफपिओ र बोनस बापत दिएको रकम चुक्ता पूँजीमा थपिने छ ।
साधारण सभामा वित्तीय विवरण प्रस्तुत हुनुको साथै आगामी बर्षकालागि लेखा परिक्षक समेत नियुक्त गरेको छ ।