खुलेको पहिलो घण्टा तीन प्रतिशतले बढेर १५ मिनेट रोकिएको शेयर बजारमा फेरि ब्रेक लागेको छ। दोस्रो घण्टा थप एक प्रतिशतले बजार बढेपछि आधा घण्टाका लागि कारोबार रोकिएको हो। १:२६ बजे बजार खुल्ने नेप्सेले जनाएको छ। त्यसपछि थप एक प्रतिशतले बजार बढेमा आजको लागि कारोबार स्थगित हुनेछ। अहिले नेप्से परिसूचक १५९५ अंक माथि पुगेको छ। ब्रोकरका अनुसार शेयर खरिदकर्ताको चाप उच्च छ। अहिलेसम्म १३६ कम्पनीको ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भइ सकेको छ।
अपडेट
१५ मिनेट कारोबार स्थगनपछि बजार फेरि सुचारु भएको छ। खुलेपछि पनि बजार उक्लिनै रहेको छ।
काठमाडौं। सेयर बजार सुचक तीन प्रतिशतले बढेपछि १५ मिनेटलाई कारोबार स्थगित भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार खुलेको आधा घन्टासमेत नपुग्दै सुचक तीन प्रतिशतले उक्लिएको थियो।
बजार १५ मिनेट स्थगित भएपछि पुन खुल्ने छ। सुचक ४७ अंकले बढेको छ भने अहिलेसम्म ८३ कम्पनीको नौं करोड रुपैयाँको किनबेच भएको छ।