टेलिकमले जिएसएम र सिडिएमए सेवामा ग्राहकलार्इ लोन दिने, ५ महिनाभित्रै सुविधा सुरु गर्न सम्झौता

बिजमाण्डू
२०७३ चैत्र १५ गते १७:१९ | Mar 28, 2017

काठमाडौं। नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए दुवै सेवामा ब्यालेन्स नहुँदा लोन दिने भएको छ।

नेपाल टेलिकम र हङकङस्थित टियाक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टरबीच चैत्र ६ गते सेवा सम्बन्धी सम्झौता भएको नेपाल टेलिकमले जनाएको छ।

Tata
GBIME
Nepal Life

टेलिकमका ग्राहकलाई थप सेवा दिने उदेश्यले सिडिएमए तथा जिएसएम मोवाईलमा कुरा गर्दा गर्दै ब्यालेन्स सकिएमा कुराकानी निरन्तर होस भन्ने उदेश्यले एयर-टाईम क्रेडिटको सुविधा उपलब्ध गराउन लागेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

यो सुविधा लिए वापत उपभोक्ताले ब्याज वा अतिरिक्त चार्ज तिर्नु पर्ने छैन।

ग्राहकले रिचार्ज गरेपछि अटोमेटिक रुपमा लोन रकम कम्पनीले फिर्ता लिने छ।

टियाक्सासँग गरिएको यो सम्झौता बढीमा ५ महिना भित्रै  सञ्चालन गर्ने सहमति भएको पनि बिज्ञप्तीमा उल्लेख छ ।