ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंक एक्वायर गर्ने, चुक्ता पूँजी २ अर्ब ३५ करोड पुग्ने

बिजमाण्डू
२०७३ चैत्र १६ गते ०७:५४ | Mar 29, 2017
ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंक एक्वायर गर्ने, चुक्ता पूँजी २ अर्ब ३५ करोड पुग्ने
काठमाडौं।ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलार्इ एक्वायर गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

राप्तीभेरीको दाङ,बाँके र बर्दिया जिल्लामा कार्यक्षेत्र छ। बैंक एक्वायर सम्वन्धी सम्झौंतामा मंगलबार ज्योती विकास बैंकका अध्यक्ष हरीचन्द्र खड्का र राप्तीभेरीका अध्यक्ष प्रेमबहादुर भण्डारीले हस्ताक्षर गरे।यो एक्वायरपछि ज्योतिको चुक्ता पूँजी २ अर्ब ३५ करोड पुग्नेछ।
 

ज्योति विकासको हाल चुक्ता पूँजी १ अर्ब १० करोड ४५ लाख रहेको छ।बैंकको १ः१ को हकप्रद शेयर जारी प्रक्रियामा रहेको छ ।राप्तीभेरी विकास बैंकको चुक्ता पूँजी १४ करोड ३७ लाख रहेको छ। चालु बर्षको मुनाफाबाट बोनस शेयर जारी गर्ने प्रक्रियामा छ ।

चालु आर्थिक बर्ष २०७३÷२०७४ को मुनाफाबाट वितरण हुने बोनस शेयरपछि ज्योति बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोड नाघ्ने छ । एक्वायरपछि बैंकको निक्षेप रकम १० अर्ब, कर्जा रकम ९ अर्ब नाघ्ने छ ।बैंकको शाखा ३४ पुग्नेछ।