सावाकटहरेमा नेपाल टेलिकमको टावर जडान, दिउँसोमात्र चल्ने टेलिफोन सेवा अब चौबिसै घण्टा

रासस
२०७३ चैत्र १६ गते १०:५८ | Mar 29, 2017

खोटाङ। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सावाकटहरेमा नेपाल टेलिकमको बीटीएस टावर जडान गरिएको छ ।

नेपाल टेलिकमको  ७२ लाख ६८ हजार रुपैयाँ  तथा तत्कालीन छिमेकी गाविसहरु खोटाङबजारको  १५ हजार, वाप्लुखाको  ४० हजार, इन्द्रेणीपोखरीको पाँच हजार, लिकुवापोखरीको २५ हजार, बडकादियालेको  ५० हजार, डम्वर्खुशिवालयको १० हजार, सावाकटहरेको  ५० हजार र स्थानीयको  एकलाख ८४ हजार रुपैयाँगरी जम्मा ७७ लाख रुपैयाँमा बीटीएस टावर जडान गरिएको हो ।

Tata
GBIME
Nepal Life

गत २०७२ साल वैशाख २८ गतेदेखि निर्माण कार्य थालिएको बीटीएस टावर जडान कार्य सम्पन्न गर्नासाथ सञ्चालनमा ल्याइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष निरकुमार रानामगरले बताए ।

बीटीएस टावर जडान भएपछि खोटाङबजार, चिसापानी, वाप्लुखा, इन्द्रेणीपोखरी, डम्वर्खुशिवालय, बड्कादियाले, लिकुवापोखरी, सावाकटहरेका साथै छिमेकी जिल्ला भोजपुरका सेवाग्राहीसमेत लाभान्वित भएका छन् ।

सावाकटहरेमा नेपाल टेलिकमको बीटीएस टावर जडान भएपछि इमेल इन्टरनेटसमेत राम्ररी चल्न थालेको सेवाग्राहीले बताएका छन् ।

यसअघि त्यस क्षेत्रमा दिउँसोको समयमा मात्र टेलिफोन सेवा सञ्चालन हुँदै आएको थियो ।