एनआइसी एसिया बैंकले आजदेखि जारी गर्यो हकप्रद, आवेदन दिने म्याद बैशाख १९ गतेसम्म

बिजमाण्डू
२०७३ चैत्र १६ गते ११:०४ | Mar 29, 2017

काठमाडौँ । एनआइसी एसिया बैंकले बुधबारदेखि हकप्रद निष्कासन गरेको छ ।

Tata
GBIME
Nepal Life

बैंकले चैत १६ गते देखि आगामी बैशाख १९ गतेसम्म हकप्रद आवेदन दिन सकिने जनाएको छ ।

बैंकले १५ प्रतिशत हकप्रद निष्कासन गरेको हो ।बैंकले हकप्रदको लागि चैत ७ गते बुक क्लोज गरेको थियो।

चैत ६ गतेसम्म दोस्रो बजारमा शेयर खरीद गर्ने लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्छन ।

बैंकले हकप्रद निस्कासनकालागि सिभिल क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको छ ।

बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन गत वर्ष पनि २५ प्रतिशत हकप्रद निष्कासन गरेको थियो ।
हाल पाँच अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बैंकले पुस मसान्तसम्म ७२ करोड खुद मुनाफा आर्जन गरेको छ । गएको वर्षको मुनाफा बाट २७.३७ प्रतिशत बोनस दिएको कम्पनीले पुन हकप्रद निष्कासन गर्न लागेको हो ।