फेसबुक म्यासेन्जरमा लोकेशन जानकारी दिने सुविधा थप, कहाँ हुनुहुन्छ? सोध्न नपर्ने

बिजमाण्डू
२०७३ चैत्र १६ गते ११:१४ | Mar 29, 2017
लण्डन।  फेसबुकले म्यासेन्जरको माध्यमबाट आफ्ना प्रयोगकर्तालार्इ 'लोकेशन'को जानकारी दिने सुविधा थप गरेको छ।

Tata
GBIME
Nepal Life

फेसबुकले सोमबारबाट यो सुविधा ल्याएको हो।गुगल म्यापको सहायताले एप्पल र अल्फावेटले यो सुविधा दिइरहेको छ।फेसबुकले म्यासेन्जरमार्फत एक घण्टा भन्दा बढी यो सुविधा उपयोग गर्न मिल्ने व्यवस्था मिलाएको छ।

फेसबुक म्यासेन्जरका प्रडक्ट हेड स्टान चुड्नोभस्कीका अनुसार म्यासेन्जर स्थानका बारेमा धेरै प्रश्न सोधिएकोले सुविधा थपिएको बताए।'म्यासेन्जरमा साथी वा परिवारसँग कुरा गर्दा कति टाढा छौ भन्ने प्रश्न धेरै सोधिएको हामीले जानकारी पायौ' उनले भने,हामीले जनताले सोधेको विषयलार्इ संबोधनको प्रयास गरेका हौं।

लोकेशन शेयरलार्इ ऐच्छिक राखिएको छ। तर यसलार्इ लाइभ गर्न मिल्छ।यो शेयर गरेको एक घण्टासम्म साथी वा परिवारले हेर्न सक्ने सुविधा फेसबुकले ल्याएको हो।म्यासेन्जर फेसबुकको सबैभन्दा महत्वपूर्ण एप हो।

यो एपलार्इ फेसबुकले सन् २०१४मा छुट्टै कम्पनीको रुपमा स्थापना गरेको हो।छुट्टै कम्पनी स्थापना गरेर कम्पनीले ठूलो लगानी गरेर अरु भन्दा भिन्न रुपमा सामाजिक संजालमा जोडिरहेको छ।गुगल म्यापले गत साता यस्तै प्रकृतिको सुविधा थप्ने घोषणा गरेको थियो।