शेयर बजारमा दुर्इ दिनमै तीन अर्ब पैसा, बजारमा ‘अचानक’ कहाँबाट आइरहेको छ पैसा?

बिजमाण्डू
२०७३ चैत्र १६ गते १२:४४ | Mar 29, 2017
काठमाडौँ।निर्वाचनलार्इ देखाएर पछिल्लो समयमा शेयर बजार निरन्तर उकालो लागेको छ।

Tata
GBIME
Nepal Life

गत साता पाँच अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको नेप्सेमा यो साताको दुर्इ दिनमै तीन अर्ब रुपैयाँको कारोबार भइसकेको छ।शेयर बजारमा पैसा ओइरिरहेको छ। तर शेयर बजारमा अचानक कहाँबाट पैसा ओइरियो? पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाले नयाँ कर्जा नदिएपनि पूरानो 'लिमिट'लिएका ऋणीलार्इ कर्जा प्रवाह सुरु भएको छ।
 

'पूरानो लिमिट बोकेकाहरुलाई ऋण दिन थालेका छौ "सिटिजन्स बैंकका सिर्इओ राजनसिंह भण्डारीले भने।यही कारण बैंकबाट ऋण लिएकाहरु पनि शेयर बजारमा प्रवेश गर्ने आधार बनेको छ ।प्रभु बैंकका सिर्इओ अशोक शेरचनले क्रेडिट क्रन्चको अवस्था हटेर केही खुकुलो भएको बताउँदै फाइल उठेका ऋणीले पैसा पाउन थालेको बताए।
 
पछिल्लो समय सरकारी खर्च सामान्य रुपमा बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै कर्जा,पूँजी, निक्षेप (सीसीडी)खुकुलो पारिदिएकोले बैंकहरुलार्इ ऋण दिन सहज भएको हो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको फर्दर पब्लिक अफरिङ(एफपिओ)मा गएको पैसा समेत बजारमा फर्किएको छ।यो कम्पनीको एफपिओमा ५३ अर्ब रुपैयाँमध्ये स्ट्याण्डर्ड चार्टर्डको एफपिओमा ३८ अर्ब मात्रै परेको छ।नेपाल लाइफबाट फर्किएको झण्डै १३ अर्ब रुपैयाँ बजारमा छ।शेयर लगानीकर्ता शम्भु प्रधान शेयर बजार घटेको बेलामा बेचेका लगानीकर्ता फेरी सक्रिय भएको बताए।

 
'शेयर बजार घटेको बेलामा बेचेर बसेका व्यक्ति फेरी सक्रिय भएका छन्, उनले भने।उनका अनुसार स्थानीय तहको निर्वाचन र शेयर बजारमा सुधारका कामले लगानीकर्तामा आत्मविश्वास बढेकोले बजारमा लगानी ओइरिएको हो।

पछिल्लो समयमा ब्रोकरको शाखा विस्तार र अनलार्इन ट्रेडिङ अघि बढेको छ।एस क्यापिटलका प्रवन्ध निर्देशक पूर्णचन्द्र दाहालले पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता बजारमा आएको बताए।