स्वदेशी लघुवित्त वित्तीय संस्थाले आइपिओ ल्याउँदै, तीनलाख कित्ता निष्कासनको लागि आह्वानपत्र

बिजमाण्डू
२०७३ चैत्र १६ गते १३:५० | Mar 29, 2017

काठमाडौँ। स्वदेशी लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्कासनको लागि बुधबार  आव्हान पत्र प्रकाशित गरेको छ ।

Tata
GBIME
Nepal Life

लघुवित्तले जारी पूँजी १० करोडको ३० प्रतिशत हुन आउने तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ प्रति कित्ताका दरले शेयर निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले तीन लाख कित्तामध्ये १२ हजार कित्ता कर्मचारीकालागि र १५ हजार कित्ता सामुहिक लगानी कोषलार्इ छुट्याइएको र बाँकी रहेको दुई लाख ७३ हजार कित्ता सर्वसाधारणकालागि सार्वजनिक निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले न्यूनतम ५० कित्तादेखि अधिकतम १५ सय कित्तासम्म आवेदन दिन सकिने जनाएको छ।आगामी चैत २५ देखि २९ गते सम्म प्राथमिक शेयरकालागि आवेदन दिन सकिने छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। पूर्वको सुनसरीको इटहरी वडा नम्बर ८ मा केन्द्रीय कार्यालय रहेको संस्थाले देशै भर कारोबार संचालन गर्ने अनुमति पाएको छ ।