नेपाल बैंकले पायो हकप्रद निष्कासनको अनुमति, १०:२.३७ रेसियोमा डेढ करोड कित्ता निष्कासन गर्दै

बिजमाण्डू
२०७३ चैत्र १६ गते १४:१९ | Mar 29, 2017

काठमाडौँ। धितोपत्र बोर्डले नेपाल बैंक लिमिटेडलार्इ हकप्रद शेयर निष्कासनको लागि अनुमति दिएको छ । बैंकले एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको हकप्रद निस्कासनको लागि अनुमति पाएको हो ।

Tata
GBIME
Nepal Life

बैंकले  साबिक १०० कित्ता शेयर हुनेलाई २३.७४ का दरले हकप्रद प्रस्ताव गरेको छ । बैंकले एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद निष्कासनकालागि सिभिल क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको छ ।

बैंकको हाल ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकले पुस मसान्तसम्म एक अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।