बैंकको निक्षेप सातामै सात अर्बले घट्यो, ऋणमा क्रमिक सुधार, चार हप्ताकै अवस्थामा बैंकिङ

बिजमाण्डू
२०७३ चैत्र १६ गते १५:०७ | Mar 29, 2017

काठमाडौ। एक महिनायता बाणिज्य बैंकहरुको निक्षेपमा उतारचढाव देखिएको छ। एक साताको मात्र तुलना गर्दा बाणिज्य बैंहरुको निक्षेप सात अर्ब रुपैयाँले घटेको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बाणिज्य बैकहरुको पछिल्लो विवरण अनुसार कुल निक्षेप १९ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ, जुन गत साताको भन्दा सात अर्ब रुपैयाँले कम हो। गत साता नै निक्षेप १९ खर्ब ५३ अर्ब रुपैयाँ थियो।

त्यसको ठिक एक साताअघि निक्षेप १९ खर्ब ४४ अर्ब रुपैयाँ थियो। यो निक्षेप १९ खर्ब ४६ अर्ब रुपैयाँबाट घटेर त्यति भएको थियो।

ऋण लगानी भने चार हप्ताअघिको तुलनामा एक अर्बले झरेको छ। अहिलेसम्म बैंकहरुले १६ खर्ब ३२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। गत सातासँग तुलना गर्ने हो भने ऋण दुई अर्बले बढेको छ।