गुडविल फाइनान्सले हकप्रद निष्कासनकालागि दियो आवेदन, वेस्टर्न बैंकको बोनस शेयर घोषणा

बिजमाण्डू
२०७३ चैत्र १६ गते १६:१२ | Mar 29, 2017

काठमाडौँ । गुडविल फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  

Tata
GBIME
Nepal Life

फाइनान्सले २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार पाँच सय कित्ता शेयर निष्कासन गर्न लागेको हो। फाइनान्सको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी ४५ करोड ३७ लाख रुपैया रहेको छ । बैंकले पुस मसान्त सम्म दुई करोड ९७ लाख रुपैया खुद आम्दामी गरेको छ ।       

यसैगरी वेस्टर्न डेभलपमेन्ट बैंकले बोनस शेयर घोषणा गरेको छ । बैंकले गएको वर्षको   मुनाफाबाट तीन करोड १३ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने जनाएको छ ।

बैंकले कर प्रयोजनको लागि १६ लाख ५२ हजार २१० रुपैयाँ छुट्याएको जनाएको छ । बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत तथा बैंकको साधारणसधाबाट पारित हुन भने बाँकी छ ।

बैंकको हाल चुक्ता पूँजी १५ करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकले पुस मसान्त सम्म दुई करोड ६४ लाख रुपैयाँ कमाएको छ ।