कृषकको आम्दानी ४०% बढाउन सक्षमको पहल, कञ्चन बैंकले तीन जिल्लाका १० हजारलाई ऋण दिने

बिजमाण्डू
२०७३ चैत्र १७ गते ०९:३५ | Mar 30, 2017
कृषकको आम्दानी ४०% बढाउन सक्षमको पहल, कञ्चन बैंकले तीन जिल्लाका १० हजारलाई ऋण दिने


काठमाडौं। बीउ उत्पादक कृषकको आयस्तर ४० प्रतिशतले बढाउने उद्देश्यले यकेएड सक्षम एक्से टु फाइनान्स कार्यक्रमले कञ्चन विकास बैंकसँग साझेदारी गरेको छ। कैलाली, कञ्चनपुर र डडेल्धुराका १० हजार बढि बीउ उत्पादक कृषकलाई बैंकले ऋण तथा अन्य वित्तीय सेवाहरु उपलब्ध गराउने छ।

Tata
GBIME
Nepal Life

किसानलाई ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सक्षमका टोली प्रमुख बलजित भोहरा, राष्ट्र बैंक धनगढीका डेपुटी निर्देशक विनोद लेखक, जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधि यज्ञराज भट्ट र कञ्चनका कार्यकारी प्रमुख बिरुराम जैशी उपस्थित थिए।

भोहराले गुणस्तरीय बीउ र लगानीका अभावले किसानले समस्या झेल्दै आउनु परेको बताउँदै त्यसलाई सुल्झाउन कार्यक्रमबाट ऋण लगानी गरिने जानकारी दिए।

कृषकहरूले सामना गर्ने ती समस्याहरूको सम्बोधन गर्ने लक्ष्य सहित सञ्चालन हुन लागेको कार्यक्रमबाट कृषकहरूले आफ्ना आवश्यकता अनुरूपको वित्तीय सेवाका साथै बीउको मूल्य श्रृंखलालाई कसरी सबल बनाउने भनेर परिष्कृत प्राविधिक सीप र ज्ञान पनि प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।