सञ्चयकर्तालाई थप प्रतिफल दिन म्युचुयल फण्ड खोल्दै कर्मचारी सञ्चय कोष, मोडालिटी बन्दै

बिजमाण्डू
२०७३ चैत्र १७ गते १२:५९ | Mar 30, 2017
काठमाडौँ । कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई थप प्रतिफल दिन म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ। सञ्चयकर्ताहरुको मात्र लगानी रहने गरि म्युचुअल फण्ड सञ्चालनको तयारी भएको कोषका प्रशासक कृष्ण आचार्यले जानकारी दिए। 
 
कर्मचारी सञ्चय कोष ऐन, २०१९ मा हालै भएको नयाँ संसोधनले म्युचुअल फण्ड सञ्चालनको बाटो खोलेको हो। त्यस अनुरुप कोषको बार्षिक मुनाफाका रकमबाट म्युचुअल फण्ड सञ्चालन गर्ने तयारी भएको हो। 
 
‘यसबारे ठोस निर्णय भने भइ सकेको छैन, आचार्यले भने- ऐनले अधिकार दिए पछि म्युचुअल फण्ड सञ्चालनको आन्तरिक तयारीमा छौँ।’ कोष व्यवस्थापनले म्युचुअल फण्ड सञ्चालनको मोडालिटी तयार गरे पछि सञ्चालक समितिबाट पारित गरि कार्यान्वनयमा लगिनेछ। 
 
सञ्चयकोष जस्ता संस्थाले म्युचुअल फण्ड सञ्चालन गरे शेयर बजारमा विश्वासिलो संस्थागत लगानीकर्ताको समेत प्रवेश हुनेछ। यसले बजारको स्थायित्वलाई समेत मद्दत पुग्नेछ।
 
सञ्चयकर्ताहरुलाई अधिक प्रतिफल दिन नयाँ स्किमबारे सोच्न थालेको आचार्यले बताए। कोषले सञ्चकर्ताको ‘लिड’ सेयर हुने गरि जलविद्युत आयोजना निर्माणको निर्णय यस अघि नै गरि सकेको छ। अहिले सरकारसँग आयोजनाको बारेमा ‘नेगोसेसन’ चलि रहेको आचार्यले बताए। 
 

Tata
GBIME
Nepal Life