नेप्सेको वेबसाइट र ‘एप’मा समस्या, लगानीकर्ता भन्छन्- साइट नचलेर समयमै बजारको सूचना पाइदैँन

बिजमाण्डू
२०७३ चैत्र १७ गते १३:१० | Mar 30, 2017

काठमाडौँ।नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा समस्या देखिएको छ।
बिहीबार नियमित शेयर कारोबार खुलेदेखिनै समस्या देखिएको थियो।

Tata
GBIME
Nepal Life

पछिल्लो समय नेप्सेको साइटमा लगातार समस्या देखिदै आएको छ।

बजार बढ्न थालेपछि यो समस्या झन् धेरै देखिन थालेको छ। लगातार समस्या देखिँदा लगानीकर्ताको गुनासो बढ्न थालेको छ ।

वेबसाइटमा लगातार समस्या देखिएसँगै नेप्सेको एपमा पनि धेरै दिन देखि समस्या देखिएको लगानीकर्ता शुशिल भट्टराइले बताए ।

वेबसाइट र एपमा समस्या हुँदा  समयमा सूचना पाउन समस्या भैरहेको भट्टराइको गुनासो छ।

लगातार समस्या आएको बिषयमा नेप्सेका प्रवक्ता मुराहरि पराजुली भन्छन् -'धेरै भिजिटर आउँदा तातिएर साइट नचल्ने अवस्था आएको हो।'

डाटा साइटबाटै जाने भएकोले एपमा पनि समस्या देखिएको पराजुलीको भनाइ छ।

पराजुलीका अनुसार नेप्सेको साइट आन्तरिक र पब्लिक नेट अन्तर्गत चल्छ ।आन्तरिक अन्तर्गत ब्रोकरहरुसँग र पब्लिक अन्तर्गत साइटमा जानेगरी ब्यबस्था मिलाइएको छ। धेरै भिजिटर भएपछि समस्या देखिन थालेको भन्दै पराजुलीले वेबसाइटमा देखिएको समस्या चाँडै समाधान हुने पनि  जानकारी दिए।