निगमले एयरबस खरीदका लागि एएआरसँग अर्को साता सम्झौता गर्दै, सञ्चयकोषले ९ %मा ऋण दिने

बिजमाण्डू
२०७३ चैत्र १७ गते १५:४२ | Mar 30, 2017
निगमले एयरबस खरीदका लागि एएआरसँग अर्को साता सम्झौता गर्दै, सञ्चयकोषले ९ %मा ऋण दिने
काठमाडौं। नेपाल वायुसेवा निगमले अमेरिकन लिजिङ कम्पनी (एएआर)कर्पोरेसनसँग अर्को साता वाइडवडी विमान खरिद सम्झौता गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

यो सम्झौंतालार्इ अन्तिम रुप दिन कर्पोरेशनका प्रतिनिधि गत साता नेपाल आएका थिए।निगमले कर्पोरेसनसँग चैत २४ गते एयरबस ३३०-२०० सिरिजका दुईवटा वाईड वडी जहाज खरिद सम्झौता गर्न लागेको नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले बताए।

निगमले जहाज किन्ने समयभित्र व्यवस्थापनलार्इ अगाडि बढाएकोले समयमै दुर्इवटा जहाज आउने निश्चित देखिएको छ।कुनै राजनीतिक र प्रशासनिक अवरोध नभएमा तोकिएको समयमा जहाज आउनेमा कंशाकार समेत विश्वस्त छन्।कर्पोरेशनले 'ब्राण्ड न्यू' जहाज निगमलार्इ बिक्री गर्नेछ।

 
निगमले टेण्डर गर्दा हजार घण्टासम्म उडेको सेकेन्डह्याण्ड जहाजका लागि प्रस्ताव माग गरेको थियो। तर कर्पोरेसनले 'ब्राण्ड न्यू' जहाज दिने टेण्डर हालेको थियो।

नयाँ जहाज भएकोले सीट व्यवस्थापन गर्न पनि सजिलो भएको हो। कर्पोरेसनले एयरबसको फ्याक्ट्रीमै रहेको विमान उपलब्ध गराउने छ। पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाइले एयरवससँग खरिद अर्डर गरेपनि कम्पनी ऋणमा रहेको कारण जहाज किन्न नसक्ने भएपछि कर्पोरेसनले सकारेर निगमलाई बेच्न लागेको हो।
 

यही अवसरको सदुपयोग गर्दै निगमले कुल दुईसय ८० सिट क्षमताका दुइवटा जहाजमा निगम सञ्चालक समितिले प्रतिजहाज १६ वटा विजनेस क्लास सीट राख्ने निर्णय गरेको छ।

१६ वटा विजनेस क्लास सिट राख्नका लागि स्विकृति दिइसकेको र बाँकी दुईसय ६४ वटा सिट इकोनोमिक क्लासका हुने उनले बताए।वाइडबडी विमान ल्याएपछि निगमले काठमाडौंबाट लण्डन, सिंगापुर, सिड्नी लगायत चीनका बिभिन्न गन्तव्यमा सिधा उडान गर्ने लक्ष्य राखेको छ। 

 
 
सञ्चयकोषले ९ प्रतिशत  व्याजमा सहमति
निगमलार्इ जहाज किन्न कर्मचारी सञ्चय कोषले ९ प्रतिशतमा ऋण दिन सहमत भएको छ।निगमले ९ प्रतिशतमा ब्याजमा ऋण दिन मौखिक सहमति गरेको कंशाकारले बताए।

निगमले जहाज खरीदका लागि कोषबाट २२ अर्ब ऋण लिनेछ।जहाज किन्न निगमले कर्पोरेशनलार्इ १० करोड रुपैयाँ बैना पठाइसकिएको छ।जहाज खरीदका लागि पहिलो किस्ता ८ अर्ब पठाउनुपर्नेछ।

यो रकम १५ दिनभित्र तिर्न कर्पोरेसनले निगमलार्इ आग्रह गरेको छ।सम्झौंता अनुसार निगमले अर्को वर्षको असोजमा पहिलो र चैतमा दोस्रो जहाज पाउनेछ।