कानुनी दाउपेचमा कम्पनी गुमाउनु परेपछि कान्साईले राख्यो नयाँ नाम, अब केएनपी जापान प्रालि

बिजमाण्डू
२०७४ बैशाख ४ गते ११:०८ | Apr 17, 2017
काठमाडौं । कानुनी दाउपेचमा कम्पनीको नाम गुमाउनु परेपछि कान्साइ पेन्ट्स नेपालले नयाँ नाममा रुपान्तरण भएको छ। जापानी लगानीको कम्पनीको नाम अब केएनपी जापान प्रालि हुनेछ। 

Tata
GBIME
Nepal Life


कान्साइ नेरोल्याकका ब्रान्ड एम्बेसेडर शाहरुख खान नेपाल आएर कम्पनी प्रवर्धन गर्दै। (फाइल तश्विर)
 

नेपालको शालिमार पेन्ट्सको ६८ प्रतिशत शेयर स्वामित्व खरीद गरि जापानी कम्पनी कान्साइ नेरोल्याक नेपाल प्रवेश गरेको थियो। तर, यहाँको कानुनी छिद्रलाई समातेर श्रवणकुमार गोयलले पहिले नै उक्त नाममा कम्पनी दर्ता गरि सकेका थिए। उच्च अदालत पाटनले गत फागुनमा कम्पनीको नाममा गोयलको अधिकार कायम गरि दिएको थियो। 

यो पनि हेर्नुहोस्- कसरी गोयलको कब्जामा पर्यो कान्साइ नेरोल्याक?

 
त्यस पछि कान्साइले नाम फेरेको हो। गोयलले कम्पनीको ट्रेड मार्कमा समेत दावी गरेका छन्। यसबारे उद्योग विभागमा मुद्दा चलि रहेको छ। आफुहरुको अन्तिम आशा अब ट्रेडमार्कमै रहेको कम्पनीका नेपाली साझेदार अशोक वैद्यले जानकारी दिए। 
 
अहिलेको व्यवहारले जापानी लगानीकर्तालाई धेरै हतोत्साहित बनाएको उनले बताए। ‘यहाँ नाम मात्र दर्ता गराएर विदेशी कम्पनीलाई ब्ल्याक मेलिङ गर्ने प्रवृत्ति बिरुद्ध राज्यलै प्रष्ट नीति बनाउन आवश्यक छ, उनले भने- कोककोलाले म कोक हुँ भनेर विश्वमा चिनाइ रहनु पर्दैन। कान्साइ पनि त्यस्तै ब्रान्ड हो। विदेशी लगानीलाई आकर्षित गर्ने भनेपछि संरक्षण पनि दिन सक्नु पर्छ।’
 
सरकारले विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन सम्पन्न गरेको केही दिनमा एउटा ठूलो विदेशी लगानीकर्ता नेपालको कानुनी जटिलताका कारण हतोत्साहित बन्न पुगेको हो।