वर्ल्डलिंक इन्टरनेट सेवामा एग्रेसिभ, चार अर्ब लगानी थपेर दश लाख घरमा इन्टरनेट पुर्याउने

बिजमाण्डू
२०७३ चैत्र २९ गते १२:०१ | Apr 11, 2017
वर्ल्डलिंक इन्टरनेट सेवामा एग्रेसिभ, चार अर्ब लगानी थपेर दश लाख घरमा इन्टरनेट पुर्याउने
काठमाडौं।वर्ल्डलिंक कम्युनिकेशनले तीन वर्षमा चार अर्ब लगानी थपेर मुलुकका दश लाख घरमा विश्वस्तरीय इन्टरनेट पुर्याउने भएको छ।

कम्पनीले सन् २०२०भित्र चार अर्ब लगानी थपेर मुलुकभित्रका मुख्य शहर,शहरोन्मुख बस्ती र जनघनत्व भएका ग्रामिण बस्तीमा इन्टरनेट सेवा पुर्याउने भएको हो।कम्पनीले विश्वस्तरीय फाइबर टु द होम नेटवर्क सेवा विस्तार गर्नेछ।

Tata
GBIME
Nepal Life

कम्पनीले इन्टरनेट प्रोटोकलमार्फत अत्याधुनिक प्रविधिमा आधारित टेलिभिजन सेवा आइपिटिभी समेत प्रदान गर्ने जनाएएको छ।कम्पनीको अहिले एक लाख प्रयोगकर्ता छन् र तीन अर्ब लगानी गरिसकेको छ।कम्पनीले ३० वटा शाखा तथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लामा सेवा विस्तार गरेको छ।

कम्पनीले तीन प्रमुख अमेरिकी कम्पनी जुनिपर नेटवर्क,नोकिया नेटवर्क र सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमा पिहलो पटक एक सय जीबीपिएस भन्दा धेरै क्षमता भएको आन्तरिक नेटवर्क काठमाडौं र देशका प्रमुख शहरमा विस्तार गरिरहेको छ।

कम्पनीका अनुसार फाइबर टु द होम सेवाका लागि क्लाइन्ट इण्ड अप्टिकल नेटवर्क टर्मिनल र अप्टिकल लाइन टर्मिनलका लागि नोकिया नेटवर्कसँग सम्झौंता भइसकेको छ।कम्पनीले नेट टिभीसँगको सहकार्यमा ४० भन्दा बढी एचडी च्यानलसहितको गुणस्तरीय आइपी टिभी सेवा र एक साता पूरानो कार्यक्रम रेकर्ड गरेर हेर्न पाइने जनाएको छ।यो कार्यक्रम मोबाइल,ट्याब्लेट र ल्यापटपमा समेत हेर्न सकिने कम्पनीले जनाएको छ।