बिजमाण्डूमा प्रकाशित दुई समाचारमा फ्लाई दुवईको ‘नोट’, कर छली र नक्कली इन्सुरेन्समा दियो जवाफ

बिजमाण्डू
२०७४ बैशाख ११ गते ११:४४ | Apr 24, 2017
बिजमाण्डूमा प्रकाशित दुई समाचारमा फ्लाई दुवईको ‘नोट’, कर छली र नक्कली इन्सुरेन्समा दियो जवाफ

Tata
GBIME
Nepal Life

काठमाडौं । बिजमाण्डूमा प्रकाशित दुई वटा समाचारलाई 'नोट' गर्दै फ्लाइ दुवईले त्यसमा आफ्नो टिप्पणी पठाएको छ। बिजमाण्डूले फ्लाई दुवईसँग सम्वन्धित एउटा कर छली प्रकरण र दोस्रो इन्सुरेन्समा ठगी प्रकरणमा समाचार प्रकाशित गरेको थियो।
 
कर छली प्रकरणमा महालेखा परीक्षकको कार्यालयले उठाएको विषयलाई बिजमाण्डुले प्रकाशित गरेको थियो। महालेखाका अनुसार नेपालमा कर छलीका लागि फ्लाई दुवईले काठमाडौंबाट उडान गरेभन्दा कम यात्रु कर कार्यालयलाई देखाएको हो। कम यात्रु देखाएर थोरै कर तिरेको दावी महालेखा परिक्षकको कार्यालयको छ।
 
फ्लाई दुवईका विषयमा बिजमाण्डूमा प्रकाशित समाचार।
 

फ्लाइ दुबईले भने कर छल्नका लागि यात्रु संख्या घटाएको छ। महालेखा स्रोतका अनुसार नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको मासिक यात्रु प्रस्थान विवरण र कम्पनीले कर प्रयोजनका लागि देखाएको यात्रु संख्या फरक परेको हो।
 
जुलाई सन् २०१५ पछिको एक बर्षको अवधिमा फ्लाइ दुबईबाट एक लाख ४२ हजार ३२ जना यात्रुले उडान गरेका थिए। तर, कम्पनीले कर कार्यालयमा ७० हजार ९६५ जना यात्रु मात्र उडाएको विवरण दियो। यसरी कम्पनीले ७१ हजार ६७ जना यात्रुको संख्या लुकाएर कर छलेको हो।
 
महालेखाले कम्पनी लुकाएको यात्रु संख्यालाई उसले उपलब्ध गराएको न्युनतम भाडादरले गुणन गरि कर योग्य आय निकालेको छ। त्यस अनुरुप कम्पनीबाट आठ करोड ९० लाख ८१ हजार रुपैयाँ एवं त्यसमा लाग्ने ब्याज तथा शुल्क गणना गरेर असुल्न सरकालाई निर्देशन दिएको छ। साथै कम्पनीको हिसाब किताब बारे बिस्तृत अनुसन्धान गर्न समेत महालेखाले सरकारलाई निर्देशन दिएको छ।

 
समाचारमा फ्लाई दुवईको 'नोट'
 
फ्लाई दुवईले आफ्नो नेपाल उडानका लागि स्थानीय करको दायित्वलाई पूरा गरेको दावी गरेको छ। 'हामी स्थानीय साझेदारको सहयोगमा नेपालमा सन् २००९ देखि उडान गरिरहेका छौं र हामीले हवाई उडानमा दीर्घकालीन वृद्धि गरिरहेका छौं, यसले पर्यटन र व्यापारलाई बढावा दिएको छ' कम्पनीले उल्लेख गरेको छ।
 
बिजमाण्डूले फ्लाई दुवईले इन्सुरेन्समा समेत गडबडी गरेको समाचार प्रकासित गरेको थियो। नेको इन्सुरेन्सले सार्वजनिक गरेको सूचनाका आधारमा प्रकासित समाचारमा फ्लाई दुबईले यात्रुलाई नक्कली बीमा कागज देखाएर उडाउने गरेको जानकारी दिइएको थियो।
 
फ्लाई दुवईको नक्कली इन्सुरेन्सको समाचार।
 

आफ्ना प्रमुख कार्यकारी अधिकृत (सिइओ)कै हस्ताक्षर रहेको नक्कली बीमा सहित दाबी आएपछि कम्पनी चकित परेको छ। 'हामीले फ्लाई दुबईको यात्रुका लागि कुनै बीमा गरेका थिएनौँ, नेको इन्स्योरेन्स स्रोतले भन्यो- सिइओकै हस्ताक्षरमा जारी भएको बीमा लेख सहितको दावी आउँदा सुरुमा आफैं छक्क पर्यौं।'
 
नेकोले फ्लाई दुबईसँग आफुहरुको कुनै कारोबार र सम्झौता नगरेको भन्दै सार्वजनिक विज्ञप्ति समेत जारी गरेको छ। फ्लाई दुबईले कम्पनीको नामवाट अनधिकृत रुपमा बीमालेख जारी गरी यात्रुसँग रकम असुलेको नेको इन्स्योरेन्सको भनाइ छ। कम्पनीले सचेतना जारी गर्दै यात्रुलाई ठगिनवाट जोगिन सुझाव समेत दिएको छ।

 
फ्लाइ दुवईको इन्सुरेन्समा 'नोट'
'फ्लाई दुवईले ट्राभल इन्सुरेन्सको कभरेजका लागि एआईजी ट्राभल गार्डसँग साझेदारी गर्दै आएको छ। नेको इन्सुरेन्सले गरेको दावीका विषयमा हामीले एआईजीलाई छानविन गर्न आग्रह गरेका छौं। हामीले यस विषयमा दुई कम्पनीवीचको सम्भावित विवादलाई छिट्टो टुङ्गयाउन पनि आग्रह गरेका छौं। एआईजी ट्राभल गार्डका पोलिसी होल्डरले आफ्नो दावी भुक्तानी र सेवा सहायता प्राप्त गरिरहने छन्।'