बैंकिङ अपराध न्यूनीकरण गर्न एनबिआइको पहल, फाइनान्सियल फ्रड बारे सम्मेलन आयोजना

बिजमाण्डू
२०७४ बैशाख १२ गते १०:१२ | Apr 25, 2017
काठमाडौं। नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले भारतको फिनटेल्क्ट संस्थासँगको सहकार्यमा बैशाख १४ गते 'फाइनान्सियल फ्रड कन्फ्रेन्स' गर्ने भएको छ। 
 
बैंक तथा वित्तीय संस्थामा बढ्दो अपराधलाई लक्षित गर्दै एनबिआइले अन्तर्राष्ट्रिय अनुभव आदनप्रदान गर्ने उद्देश्यले काठमाडौंमा सम्मेलन गर्न लागेको हो।
 
कार्यक्रममा विभिन्न किसिमका बैंकिङ अपराधहरु साइबर फ्रड, एटिएम तथा कार्ड फ्रडलगायतका बारेमा जानकारी गराइने एनबिआइले जनाएको छ। 
 
कार्यक्रमको उद्देश्य वित्तीय अपराधहरु पत्ता लगाउने तरिका, अनुगमन, निदान तथा सुपरीवेक्षण गर्ने कामहरुमा देखिएका चुनौतीबारे छलफल गर्ने हो। कार्यक्रममा के कस्तो रणनीतिक पहल गरेमा वित्तीय अपराधलाई न्यूनीकरण गर्न सकिन्छ भनेर पनि छलफल हुने छ।

Tata
GBIME
Nepal Life