आठ करोड लगानीमा पालुङमा वाइन उद्योग, नास्पाती र आरुबखडाबाट वाइन बनाउने

रासस
२०७४ बैशाख १२ गते १५:४३ | Apr 25, 2017
काठमाडौँ। नेपाली बजारमा पछिल्ला वर्षहरुमा नेपालमै हल्का अल्कोहलयुक्त पेयपदार्थ वाइनको उत्पादन र बिक्री बढ्दै गएको पाइएको छ । नेपाली रैथाने फलफूलको प्रयोग गरी यस्ता उत्पादन हुने गरेको सम्बन्धित उत्पादकहरुले बताएका छन् ।
 
काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको टिस्टुङ, पालुङमा रु आठ करोडको लागतमा स्थानीय जातका नास्पाती र आरुबखडाको प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डको अर्गानिक वाइन उत्पादन गर्ने उद्योग स्थापना भएको छ । सो उद्योगले वार्षिक करिब एक लाख ५० हजार लिटर वाइन उत्पादन गर्ने लक्ष्य राखेको छ । 
 
सेतो र रातो रङमा उपलब्ध यो वाइन हाल नेपाली बजारमा उपलब्ध हुन थालेको छ । चाँडै हङ्कङ, जापान र जर्मनीमा निकासी गर्ने लक्ष्य रहेको वाइन उत्पादक कम्पनी मितराङ भाइनयार्ड एन्ड वाइनरीले जनाएको छ ।
 
कम्पनीका प्रमुख डा तोरण शर्माले टिस्टुङ, पालुङ र बज्रबाराहीका किसानले उत्पादन गरेको नास्पाती र आरुबखडा प्रयोग गरिएकाले स्थानीयवासीको आय वृद्धि गर्न र रोजगारी बढाउन उद्योगले सघाउ पुर्याएको बताए । उनले भने – “किसान नास्पातीका बोट मास्ने स्थितिमा पुगेका थिए, अब त्यहाँ उत्पादित सबै नास्पाती हाम्रो उद्योगले किनिदिनेछ ।” 
 

Tata
GBIME
Nepal Life