टेलिकमका कर्मचारीलार्इ सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध, फेसबुक र ट्विटर चलाउन रोक

बिजमाण्डू
२०७४ बैशाख १२ गते १७:४१ | Apr 25, 2017
टेलिकमका कर्मचारीलार्इ सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध, फेसबुक र ट्विटर चलाउन रोक


काठमाडौं। नेपाल टेलिकमले कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक लगाएको छ।

Tata
GBIME
Nepal Life

कर्मचारीले कार्यालय समयमा  सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर, इन्टाग्राम चलाएर सेवाग्राहीप्रति वेवास्ता गर्ने प्रवृति बढेपछि टेलिकमले यो कदम चालेको हो।सोमवार आयोजित पत्रकार सम्मेलनमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले कर्मचारीको कार्यक्षमतामा ह्रास आएपछि सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको बतार्इन्।वैशाख १ देखिनै सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लागेको हो। 
 

राजभण्डारीले आगामी आर्थिक बर्षमा चौथो पुस्ताको फोरजी इन्टरनेट सेवालाई तीब्र विस्तार गर्ने बताउँदै पुराना प्रणालीलाई समयसापेक्ष नयाँ प्रणालीमा स्थानान्तरण गरिने बताइन। फाइवर टु दि होम र एडिएसएल सेवाको विलिङ कन्भर्जेन्ट रियल टाइम विलिङ सिस्टममा ल्याइएको उनले बतार्इन्।
 
टेलिकमले अन्डरग्राउन्ड अप्टिकल केबुल (एडिएसएस) फाइबर र नेपाल विद्युत प्राधिकरणवाट भाडामा लिई सञ्चालनमा रहेको अप्टिकल ग्राउण्ड वायर थप ११ जिल्ला थपिने  जनाएको छ।

भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेल्धुरा, डोटी, बैतडी र अछाम रहेका छन्। विद्यमान अप्टिकल फाइवर केबल संरचनामा आवद्ध भएका थप जिल्लामा सेवा विस्तार भएपछि भ्वाइस, डेटा तथा भिडियो च्याट सहज रुपमा चलाउन सकिने टेलिकमले जनायो।