सिनर्जी हाइड्रोको शेयर रजिष्ट्रार काठमाडौं क्यापिटल, सबै काम अब काठमाडौंबाट

बिजमाण्डू
२०७४ बैशाख १२ गते १८:३५ | Apr 25, 2017
काठमाडौँ। सिनर्जी हाइड्रोपावर कम्पनीले काठमाडौँ क्यापिटललाई शेयर रजिस्टार नियुक्त गरेको छ। सिनर्जी हाईड्रो पावर कम्पनीको शेयर सम्बन्धि सम्पूर्ण काम अब काठमाडौँ क्यापिटलमार्फत हुने कार्यकारि अधिकृत भिष्मराज चालिसेले जानकारी दिए। 
 
काठमाडौँ क्यापिटलका तर्फबाट चालिसे र सिनर्जी हाईड्रोको तर्फबाट प्रबन्ध निर्देशक सुरेन्द्र खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
 
सिनार्जिले २१ लाख कित्ता शेयर सर्बसाधारणका लागि निस्कासन गरेको थियो। २१ लाखमध्ये स्थानीयवाशीलाई ७ लाख कित्ता शेयर सिभिल क्यापिटल मार्फत निस्कासन भएको थियो। बाँकी प्राथमिक  शेयर सानिमा क्यापिटल मार्फत निस्कासन भएको हो। सिनार्जिले दोलखाको सिप्रिंग खोलामा ९.६६ मेघावाटको बिद्युतत आयोजना निर्माण गरेको छ।     
 

Tata
GBIME
Nepal Life