धितोपत्र बोर्डले सूचनामा लगायो अंकुश, बजार प्रभावित गर्ने सूचना दिए शेयर कारोबारनै रोक्ने

बिजमाण्डू
२०७४ बैशाख १३ गते १७:५१ | Apr 26, 2017
काठमाडौँ ।नेपाल धितोपत्र बोर्डले बजारलार्इ प्रभावित पार्ने सूचना सार्वजनिक गरे शेयर कारोबारनै रोक्ने चेतावनी दिएको छ।

Tata
GBIME
Nepal Life

बोर्डले बुधवार प्रेश विज्ञप्ति जारी गर्दै बजारलार्इ प्रभावित गर्ने सूचना बोर्डलार्इ जानकारी नगरी सार्वजनिक गर्न रोक लगाएको हो।पछिल्लो समयमा धितोपत्र बजारमा सूचीकृत कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ता र भनार्इ भन्दै प्रकाशित समाचारले ध्यान आकृष्ट भएको बोर्डले जनायो।

शेयर बजारको मूल्यमा असर पर्ने सूचना संचालक, बोर्ड र साधारणसभाको निर्णय अघिनै प्रकाशित हुँदा लगानीकर्ता नोक्सानी हुने बोर्डले जनायो।

'धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ बमोजिम आधिकारिक रुपमा बोर्डमा जानकारी गराई कम्पनीका आधिकारिक व्यक्तिबाट मात्र जानकारी गराउन निर्देशन गरिएको छ, विज्ञप्तिमा उल्लेख छ।