सूर्या लाइफको १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद आउने, बर्ष दिन दोहोरो लाभ

बिजमाण्डू
२०७४ बैशाख १४ गते ११:५१ | Apr 27, 2017
काठमाडौं। सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ। कम्पनीको आज बसेको संचालक समिति बैठकले वोनस र हकप्रदको प्रस्ताबलाई बीमा समिति र साधारणसभाले भने अनुमोदन गर्न बाँकी छ। 
 
कम्पनीले १० प्रतिशत बोनाश सेयरपछि हकप्रद निस्कासन गर्ने छ। कम्पनीका लगानीकर्ताले एक बर्षमै दोहोरो लाभ पाएका छन् । आर्थिक वर्ष ७१/७२ को मुनाफा बाट पाँच प्रतिशत बोनश दिएको थियो। त्यो लाभांसका लागि गत २८ गते कम्पनीले बुक क्लोज गरेको थियो। 
 
बीमा समितिले जीबन बीमा कम्पनीको दुई अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएपछि कम्पनीलाई पूँजी बढाउने दबाब परेको छ।    
 

Tata
GBIME
Nepal Life