थपिएका तीन क्लियरिङ बैंकले दुई साता पछि काम थाल्ने, आउँदो साता औपचारिक सम्झौताको तयारी

बिजमाण्डू
२०७४ बैशाख १४ गते १३:४७ | Apr 27, 2017
काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी)ले १५ दिन भित्र थपिएका तीन क्लियरिङ बैंकबाट सेवा सुरु गर्ने जनाएको छ। सिडिएससीले खुला प्रतिश्पर्धाबाट प्रभु बैंक, सिदार्थ बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि क्लियरिङ बैंकको रुपमा छनौट गरेको थियो। 
 
छानिएको झन्डै डेढ महिना बिते पनि उनीहरुले काम गर्न थालेका छैनन्। सम्बन्धित बैंककै कारण काम थाल्न ढिला भएको सिडीएससीका कार्यकारी प्रमुख देबप्रकाश गुप्ताले बताए। ‘इन्टर बैंक सेटलमेन्ट कसरि गर्ने भन्ने समस्या बैंकहरुमा थियो, उनले भने- अब त्यसको समाधान भइ सकेको हुँदा अर्को साता क्लियरिङको काम सुरु गर्ने बारे बैंकहरुसँग सम्झौता हुनेछ।’ सम्झौताको एक सातामा थपिएका बैंकले काम थाल्ने उनको भनाइ छ।
 
यस अघि ग्लोबल आइएमई बैंकले मात्र क्लियरिङ सेवा दिँदै आएको थियो। कारोबार उच्च रुपले बढे पनि एउटा मात्र क्लियरिङ बैंक हुँदा काममा ढिलाइ लगायतका समस्या आएको भन्दै नयाँ बैंक थपिएको हो।
 

Tata
GBIME
Nepal Life