नेपाल टेलिकमले पुर्यायो धादिङको विकट क्षेत्रमा टेलिकम विटिएस टावर, पाँचहजार घरधुरी लाभान्वित

बिजमाण्डू
२०७४ बैशाख १४ गते १८:३९ | Apr 27, 2017
काठमाडौं । नेपाल टेलिकमले धादिङ जिल्लाको उत्तरी भेगका बिकट स्थानहरु लापा र टिप्लिङ्गमा विटिएस  स्थापना गरेको छ। टावर निर्माण पश्चात ती स्थानमा बुधबार देखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याइसकेको कम्पनीले जनाएको छ। उक्त स्थानमा यसअघि कुनै किसिमको दूरसञ्चार सेवा पुगेको थिएन।
  
लापामा स्थापित विटिएसबाट धार्खा, सेरटुङ, बराङ, झारलाङका करिव तीन हजार घरधुरीका बासिन्दाहरुलाई मोवाइल प्राप्त हुने टेलिकमले जनाएको छ। लापा धादिङवेसीबाट ५५ किलोमिटर सडक मार्ग (धुनधुरेसम्म) र दुई दिनको पैदल मार्गको दुरीमा रहेको ठाउँ हो।
 
त्यस्तैगरी टिप्लिङ्गमा स्थापित विटिएसबाट टिप्लिङ र सेरटुङ लगायत नजिकका गाउँका करिव दुई हजार घरधुरीका वासिन्दा लाभान्वित हुने टेलिकमले जनाएको छ।
 
टेलिकमले दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको जनाएको छ। प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको उल्लेख गरेको छ।
 

Tata
GBIME
Nepal Life