हिमालय एयरलाइन्सले काठमाडौं दुबर्इ उडान थाल्यो, साताको तीन दिन उडान गर्ने

बिजमाण्डू
२०७४ बैशाख १५ गते १७:२३ | Apr 28, 2017
हिमालय एयरलाइन्सले काठमाडौं दुबर्इ उडान थाल्यो, साताको तीन दिन उडान गर्ने
काठमाडौं।हिमालय एयरलाइन्सले काठमाडौं दुबर्इ उडान थालेको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंबाट १० बजेर ४० मिनेट जाँदा प्रस्थान गरेर दुबर्इको स्थानीय समय अनुसार १ बजेर २५ मिनेटमा अवतरण गरेको थियो। दुबर्इबाट स्थानीय समयम २ बजेर २५ मिनेटमा उडान गरेर काठमाडौंमा ८ बजेर २० मिनेटमा अवतरण गर्ने कम्पनीले जनायो।
 

एयरलाइन्सले साताको तीन दिन सोमबार,वुधबार र शुक्रबार उडान गर्ने जनाएको छ।जहाजमा ८ वटा विजनेश र १ सय ५० वटा इकोनोमी क्लास सीट छन्।कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले दुबर्इ उडान कम्पनीका लागि महत्वपूर्ण उपलब्धी भएको बताए।

दोहा,क्वालाम्पुर र रंगुनपछि एयरलाइन्सको यो चौथो नियमित उडान हो। कम्पनीले तीनवटा एयरबस ए ३२० -२१४ ल्याइसकेको छ। कम्पनीले काठमाडौं दुबर्इको दुर्इतर्फी भाडा २४ हजार ८ सय २७ रुपैयाँ तोकेको छ।यो भाडादरमा सरकारी कर समावेश नगरिएको कम्पनीले जनायो।