स्मार्टफोन बिक्रीमा ओप्पोले मार्यो छलाङ, बिश्वबजारमा बिक्रीमा चौथो कम्पनी बन्यो

बिजमाण्डू
२०७४ बैशाख १६ गते ०५:५७ | Apr 29, 2017
स्मार्टफोन बिक्रीमा ओप्पोले मार्यो छलाङ, बिश्वबजारमा बिक्रीमा चौथो कम्पनी बन्यो
काठमाडौं।विश्वबजारमा स्मार्टफोन बिक्रीका हिसाबले ओप्पो चौथो स्थानमा उक्लिएको छ।

Tata
GBIME
Nepal Life

इन्टरनेशनल डाटा कर्पोरेशनले सन् २०१७को पहिलो त्रैमासमा स्मार्टफोनको बजार अध्ययन अनुसार बिक्री र इयर अन इयर ग्रोथका आधारमा ओप्पो चौथोमा उक्लिएको हो।कर्पोरेशनको प्रतिवेदन अनुसार यो अवधिमा ओप्पोको २ करोड ५६ लाख मोबाइल बिक्री भएका छन्।

चिनियाँ बजारमा मध्यम वर्गीय ओप्पोको आरनाइन एसले विशेष भूमिका खेलेको प्रतिवेदनमा छ।एसिया,मध्य पूर्व र अफ्रिकामा समेत ओप्पोको बिक्री राम्रो छ।भारतीय बजारमा समेत ‌ओप्पो आक्रामक हिसाबले बजार विस्तार गरिरहेको छ।इण्डोनेशिया र अन्य दक्षिणपूर्वी देशमा आफ्नो सेवा केन्द्र स्थापना गरेर बिक्री र बिक्रीपछिको सेवालार्इ अगाडि बढाइरहेको छ।