हिमालय चिनी मिलका लागि उखुको अभाव, दैनिक २५ लाख मेट्रिक टन चाहिन्छ पाँच लाख मेट्रिक टन आपूर्ती

रासस
२०७४ बैशाख १६ गते १४:०७ | Apr 29, 2017
हिमालय चिनी मिलका लागि उखुको अभाव, दैनिक २५ लाख मेट्रिक टन चाहिन्छ पाँच लाख मेट्रिक टन आपूर्ती

लहान। सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव हुँदा समस्यामा परेको छ। 
 
आवश्यकतानुसार उखु पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा चिनी उत्पादन समेत घटेको उद्योगले जनाएको छ। जिल्लाकै पहिलो र एक मात्र चिनी मिलको रुपमा सञ्चालित चिनी मिलले २०७३ मङ्सिर २० देखि चिनी उत्पादन थालेको हो। दैनिक २५ लाख मेट्रिक टन उखु चाहिए पनि अहिले दैनिक पाँच लाख मेट्रिक टन उखु मात्र आपूर्ति हुने गरेकाले उद्योग सञ्चालनमा समस्या भइरहेको चिनी मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिए। 
 
मागअनुसारको उखु उपलब्ध नहुँदा दैनिक मिल सञ्चालनमा समस्या हुनाका साथै लक्ष्यअनुसार चिनी उत्पादनसमेत घटेको प्रबन्धक यादवले बताए। चाहिए जतिको उखु नपाउँदा उद्योग समस्यामा परेको छ, उनले भने– उखुको आभावका कारण हप्तामा दुई/तीन दिन मात्र उद्योग सञ्चालन गर्ने गरेका छौँ। 
 
दैनिक २५ हजार क्विन्टल चिनी उत्पादन गर्ने क्षमता रहेको मिलले हालसम्ममा ४७ हजार क्विन्टल चिनी उत्पादन गरी बिक्री गर्न सफल भएकोे मिल व्यवस्थापनले जनाएको छ । 

Tata
GBIME
Nepal Life