अर्बपति चौधरीका कान्छा छोरा बरुणको विवाह उत्सव चल्दै, बिभिन्न क्षेत्रका निम्तालु भारतमा

बिजमाण्डू
२०७४ बैशाख १६ गते १४:१९ | Apr 29, 2017
अर्बपति चौधरीका कान्छा छोरा बरुणको विवाह उत्सव चल्दै, बिभिन्न क्षेत्रका निम्तालु भारतमा


काठमाडौँ । उद्योगी विनौद चौधरीका कान्छा छोरा वरुण चौधरीको भव्य वैवाहिक समारोह भारतको राजस्थानस्थित उदयपुरमा चलि रहेको छ। 

Tata
GBIME
Nepal Life


 

बिहीबार सुरु भएको बैवाहिक समारोहमा भारत, नेपाल श्रीलंकासहित विश्वका विभिन्न देशबाट निम्तालुहरु पुगेका छन्। विहेमा श्रीलंकाका पूर्व प्रधानमन्त्री रनिलविक्रम सिंघे पुगेका छन् भने बलिउड स्टार सलमान खान, शत्रुघ्न सिन्हा, गायक मिका सिंह लगायत पुगेका छन्। 

नेपालबाट पनि चौधरी परिवार अलावा बिभिन्न क्षेत्रका व्यक्ति समेत उदयपुर पुगेका छन्। 


 

नेपालका एक मात्र डलर अर्बपति व्यवसायीका छोरोको वैवाहिक समारोहलाई भारतका सञ्चार माध्यमले समेत प्राथमिकताका साथ समाचार बनाएका छन्। उदयपुरको जाग मन्दिर प्यालेस र लक्जरी हेरिटेज होटलमा चलि रहेको विवाह उत्सव आज सम्पन्न हुँदैछ। 

विहिवार जन्ती उदयपुरको फतेह प्रकाश प्यालेसबाट निस्किएको थियो भने विवाह जग मन्दिरमा भएको  थियो। विवाहका लागि चाँदीको मण्डप तयार गरिएको थियो भन डेकोरेशन, साउण्ड र क्याटरिङ दिल्लीदेखि अहमदावादसम्मबाट बोलाइएको थियो। 

विवाहका अतिथीलाई सुविधा दिन पाँच सयभन्दा बढी गाडीको व्यवस्था गरिएको थियो भने होटलमा सात सय रुम बुक गरिएको थियो। 

राजस्थान निवासी एक हिरा ब्यापारीकी छोरी अनुश्री तोग्यासँग वरुणको विवाह भएको हो। गत डिसेम्बरमा उनीहरुबीच इन्गेजमनेट भएको थियो। 

 
दुई बर्ष अघि विनोदले माइला छोरा राहुलको विवाह राजश्थानको जयपुरबाट गरेका थिए।