जसले महिनाको डेढ अर्व रुपैयाँ तलव पाउँछन्?, वर्ष दिनमा तलव सुविधा मात्रै दुई गुणा बढ्यो

बिजमाण्डू
२०७४ बैशाख १६ गते १५:१४ | Apr 29, 2017
जसले महिनाको डेढ अर्व रुपैयाँ तलव पाउँछन्?, वर्ष दिनमा तलव सुविधा मात्रै दुई गुणा बढ्यो

ह्युस्टन। विश्वको सबैभन्दा शक्तिशाली टेक कम्पनी गुगलका सिईओले कम्पनीबाट वार्षिक कति तलव पाउँछन् होला? 

भारतमा जन्मिएका सुन्दर पिचाई अहिले गुगलको सिईओ छन् र उनले गतवर्ष कम्पनीबाट २० करोड डलर अर्थात २० अर्व रुपैयाँभन्दा बढी तलव पाए। यो हिसावले सन् २०१६ मा पिचाईले मासिक एक अर्व ६५ करोड रूपैयाँभन्दा बढीका दरले तलव पाएका छन्।

४४ वर्षका पिचाईले सन् २०१६ मा अघिल्लो वर्षभन्दा दुई गुणा तलव पाएका हुन्। तर उनले पाएको यो रकम भने तलवमात्रै नभएर इम्पोलियी स्टक अप्सनमार्फत पाएको कम्पनीको सेयरको मूल्य समेत हो।

सन् २०१६ मा पिचाईले तलववापत छ लाख ५० हजार डलर पाएका थिए भने सन् २०१५ मा छ लाख ५२ हजार डलर पाएका थिए। 

तर उनले सन् २०१६ मा १९ करोड ८७ लाख डलरको सेयर पाए। यो सन् २०१५ मा उनले पाएको सेयरभन्दा दोब्बर हो। सन् २०१५ मा उनले नौ करोड ९८ लाख डलरको सेयर पाएका थिए।

गुगलको कम्पेन्सेसन कमिटीले उनको प्रमोशन तथा कैयौं उत्पादनको सफल सुरुवातको प्रतिफल स्वरुप ठूलो मात्रामा तलव सुविधा दिने निर्णय गरेको हो। पिचाई सन् २००५ मा गुगलको सिईओ बनेका हुन्। उनी गुगलको सिईओ बनेपछि गुगलको प्रमुख आम्दानी विज्ञापन र युट्युवको व्यापार बढेको छ भने कम्पनीले यही बेला मेशिन लर्निङ, हार्डवेयर र क्लाउड कम्प्युटिङमा लगानी बढाएको छ।
 
गुगलले सन् २०१६ मा नयाँ स्मार्टफोन, भर्चुअल रियालिटी हेडसेट, राउटर तथा भ्वाइस कन्ट्रोल स्मार्ट स्पिकर बजारमा ल्याएको थियो। यी उत्पादनबाट कम्पनीलाई निक्कै लाभ मिलेको थियो।

गुगलले पहिलो त्रैमासमा तीन अर्व एक करोड डलर अर्थात झण्डै तीन खर्व १० अर्व रुपैयाँभन्दा बढीको कारोवार गरेको थियो। यो अघिल्लो त्रैमासको तुलनामा डेढ गुणाले बढी हो। 

पिचाई सिईओ बनेपछि कम्पनीका संस्थापक ल्यारी पेज भने नयाँ कम्पनी अल्फावेटाको व्यापार बढाउनमा जुटेका छन्। यो वर्ष अल्फावेटाको सेयरमा पनि नयाँ उछाल आएको छ। यसबाट कम्पनीको बजार पुँजीकरण छ सय अर्व डलर पुगेको छ। 

Tata
GBIME
Nepal Life