सिभिल बैंकको प्रमुख कार्यकारीमा गोविन्द गुरुङ, सिनियर अफिसरको यात्रा २१ बर्षमा सिइओ




काठमाडौं। सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन्। नायव प्रमुख कार्यकारी अधिकृत रहेका गुरुङको चार बर्षे कार्यकाल जुलाइ २८ बाट सुरु हुने छ।


 
बैंक सञ्चालक समितिले किशोर महर्जनलाई अर्को कार्यकालको लागिन निरन्तरता नदिने भएपछि उनको ठाउँमा गुरुङलाई नियुक्त गरिएको हो। 
 
गुरुङ २१ बर्षदेखि बैंकिङ करियरमा छन्। सन् १९९६ मे १९ बाट हिमालयन बैकबाट सिनियर अफिसरका रुपमा जागिर सुरु गरेका गुरुङले त्यहाँ ११ बर्ष विताए। २००६ मा उनी ग्लोबल आइएमइ बैक गए। त्यहाँ साढे तीन बर्ष काम गरेपछि उनी मेगा बैकमा डिजिएम भए। 
 
मेगा बैंकमा साढे दुई बर्ष विताएपछि गुरुङ सिभिल बैंकको नायव प्रमुख कार्यकारीका रुपमा भित्रिएका हुन्।
 
२०१२ बाट सिभिल बैक गएका उनी महर्जनको कार्यकाल नथपिने भएपछि प्रमुख कार्यकारीमा वढुवा भएका हुन्। उनी त्रिभूवन विश्वविद्यालयबाट एमबिए हुन्। 


Share this Story

   

सिभिल बैंकको प्रमुख कार्यकारीमा गोविन्द गुरुङ, सिनियर अफिसरको यात्रा २१ बर्षमा सिइओ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.