जापानको पहिलो लक्जरी रेल, तीन लाखदेखि १० लाख रुपैयाँका टिकट, सन् २०१८ सम्म सिट प्याक

बिजमाण्डू
२०७४ बैशाख २० गते १७:०० | May 3, 2017
जापानको पहिलो लक्जरी रेल, तीन लाखदेखि १० लाख रुपैयाँका टिकट, सन् २०१८ सम्म सिट प्याक


बिबिसी। जापानको पहिलो 'लक्जरी' रेल सेवा औपचारिक रुपमा सुरु भएको छ ।

Tata
GBIME
Nepal Life

यो यस्तो लक्जरी रेल हो जसमा यात्रा गर्दा अभुतपूर्व आनन्द लिन सकिन्छ।सिकी शिमा नामको यो रेलले भरपुर लक्जरीको अनुभुति गराउँछ।लक्जरी रेलमा चढ्नका लागि भने राम्रै पैसा खर्च गर्नुपर्छ।

यो रेलको टिकट न्यूनतम २ हजार ८ सय ६० डलर(दुर्इ लाख ८६ हजार)देखि १० हजार डलर(१० लाख रुपैयाँ) सम्म छ।यो पैसा तिरेपछि चार दिनको यात्रा गर्न पाइनेछ।


यो रेलको डिजाइन जापानका प्रशिद्ध डिजाइनर केन कियोयुकी ओकुयोमाले गरेका हुन्। रेलको इन्टेरियर डिजाइन गर्दा जापानको पुरानो परम्परागत ह्यान्डिक्राफ्ट प्रयोग गरिएको छ।

प्राकृतिक मनमोहक दृष्यहरुका साथमा लक्जरियस कारमा उपलब्ध जस्तै सेवा रेलमा पाइनेछ। रेलमा आराम गर्दै मदिराको चुस्की लिँदै जापानको टोकियोवाहिरको मनोरम दृष्यावलोकन गर्न सकिनेछ।रेलयात्रा टोकियोबाट सुरु भएर जापानको उत्तरी आइल्याण्ड होक्काइडो पुगेर टुंगिन्छ।


रेलमा जम्मा ३४ जना यात्रु मात्रै राखिनेछ।तीन रातको बसार्इसहितको चार दिनको यात्रामा फरक अनुभुति गर्न पाइनेछ। यो योजना जापानको इस्ट जापान रेल्वे कम्पनीले सन् २०१४ मा सुरु गरेको थियो। हाल यो योजनामा सहभागी हुनका लागि धेरै माग आएको कम्पनीले जनायो।

कम्पनीका अनुसार रेलमा यात्रा गर्नका लागि पहिलो दिननै ७६ जनाले आवेदन हालेका थिए। कम्पनीले गोलाप्रथावाट यात्रु छानेको थियो।१० वटा लक्जरियस डिब्वा भएको यो रेलका लागि सन् २०१८ को मार्चसम्मका लागि टिकट विक्री भइसकेको छ।यसमा विश्वविख्यात म्याकलिन स्टारका सेफद्वारा खानाहरुको निर्माण तथा सर्भ गरिन्छ भने युनिफर्म्ड बट्लर्सले यात्रुलाई प्रिजेन्ट गरिन्छ।